गण्डकी प्रदेश

कास्की-२ मा विद्या भट्टराईको जित सुनिश्चित !

कास्की-२ को प्रतिनिधि सभा सदस्यका लागि भएको चुनावमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार विद्या भट्टराईले प्रतिष्पर्धी कांग्रेस उम्मेदवार खेमराज पौडेलभन्दा दोब्बर बढी मतले अग्रता लिएकी छिन्।

प्राप्त पछिल्लो मत परिणाम अनुसार विद्याले ६ हजार ७ सय ९५ मत ल्याएकी छिन् भने उनका खेमराज पौडेलले ३ हजार ९४ मत ल्याएका छन्।

गए रातिदेखि सुरू भएको मतगणना जारी छ।

कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५६३ जनाले मतदान गरेका थिए।। यो निर्वाचन क्षेत्रमा रहेका ७१ हजार ८७१ मतदाता मध्ये ६३ दशमलब ४० प्रतिशत मतदान भएको निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button