गण्डकी प्रदेश

पोखरामा ७ मजदुर माटोको ढिस्कोमा पुरिए

पोखरा २० मौजाको बिसौनामा सडकको काम गरिरहेका ७ जना मजदुर माटोको ढिस्कोमुनि पुरिएका छन्। आइतबार बिहान साढे ७ बजेतिर ती मजदुर पुरिएको पोखरा २० का वडाध्यक्ष सिम गुरूङले जनाए।

सडक स्तरोन्नति गर्ने क्रममा रिटेनिङ वालको कामका सिलसिलामा मजदुर पुरिएका हुन्।उनीहरूलाई निकाल्ने प्रयास भइरहेको वडाध्यक्ष गुरूङले जनाए। ती मजदुर स्थानीय नभई कामका लागि त्यहाँ पुगेका हुन्।

२ जना ढिस्को खस्दा खस्दै भाग्न सफल भएको र ५ जना पुरिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । पुरिने सबै सल्यान जिल्फाका हुन् । पुरिनेमा जोगेन्द्र बुढाथोकी, खिमलाल वली, गणेश वली, तोभान बस्नेत र बिज बहादुर बस्नेत रहेको एसपी कार्कीले बताए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button