प्रदेश १

धरान मेयर पद को लागि मतदान भइरहदा नेकपालाई ५७ मत को मात्र अग्रता

धरान : अहिले सम्म वडा नं १७,१८,१९,र २० को मतगणना सकिएको छ ।

४ नम्बर वडा को मतगणना सकिदा नेकपा ले ५७ मत ल्याउदै अघाडि रहेको छ भने नेकपा को ठाउँ मानिएको वडा नं १७ मा नेकपा को ४० मतको अग्रता छ ।

निर्वाचन कार्यालय का अनुसार अहिले सम्म ४ वटा वडा सकिएको अबस्थामा ९हजार ८सय ५१मतगणना भएको छ ।

यस मध्य नेपाली कांग्रेस को ४ हजार ५ सय १७ मत छ भने नेकपा को ४ हजार ५ सय ७४ रहेको छ र समाज बादी पार्टी को मत १ सय ४३ संघीय लिम्बुवान मन्चको मत १ सय ६४ स्वतन्त्र उम्मेदवार हर्क सम्पाङको १ सय ५४, डां अमृत कुमार राई २६ र नेकपा ९, माले को मत १३ रहेको छ भने बदरमत संख्या १ सय ८२ रहेको छ ।
झापा देखि सहकर्मी बिबेक गाहा

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button