प्रदेश ५

नेपाल बजार बिक्रि प्रतिनीधी संघ लुम्बिनीको ५ औँ अधिवेसनद्धारा कमलराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

मदन शर्मा
बुटवल : उद्योग व्यवसायको रक्षा गरौँ, रोजगारीको सृजना गरौँ भन्ने मूल नारराको साथ नेपाल बजार बिक्रि प्रतिनीधी संघ लुम्बिनीको ५ औँ अधिवेसन सम्पन्न भएको छ ।

कमलराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रमले आफ्नो नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । जसको उपाध्यक्षमा विश्वमणी भूपाल, सचिव अमर कुमार बस्नेत, संगठन सचिव राजु भट्टराई, कोषाध्यक्ष सुमन घिमीरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा लोकहरी चुदाली, राम भण्डारी, मुक्ति भट्टराई, सागर पराजुली, अर्जुन नेपाल, सुस्मीता गौतम, वावुराम बेलबासे, ओमप्रकाश पन्थी, राजु खनाल र सूर्य कुंवर रहनुभएको छ ।

यसअघि कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष सूर्य पराजुली र संस्थापक सल्लाहकारको तर्फबाट छविलाल शर्मा, युवराज खनाल र राम प्रसाद पन्थीले काम, कर्तव्य र आगामी कार्यकालमा गर्नुपर्ने दायित्वको बारेमा प्रकाश पार्नुभएको थियो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button