प्रदेश ५मुख्य समाचार

सामाजिक सञ्जालमा फैलाएको भ्रम प्रति, छत्रदेब गाउँपालिकाको आपत्ति साइबरक्राइमा मुद्धा चलाउने तयारी

मधुसुदन पाण्डे
अर्घाखाँची : सामाजिक सञ्जालमा फैलाएको भ्रम प्रति छत्रदेब गाउँपालिकाको आपत्ती जनाएको छ । गाउँपालिकाले गर्दै आएका राम्रा कामलाई ओझेलमा पार्न बिभिन्न सड्यन्त्र गरेको भन्दै गाउँपालिकाले आपत्ती जनाएको हो ।

केही दिन अघि सामाजिक सञ्जाल फेशबुकमा गाउँपालिकामा अध्यक्ष लेखनाथ पाख्रेल, प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल तथा स्थानीय जनप्रतिनिधी लगायतले ठेक्का पट्टा तथा टेण्डर, जस्ता पाता खरिद, सोलार पावर खरिद लगायतका काममा गाउँपालिकाले अनियमितता गरेको लगायतका आरोप लगाई बाबुराम पाण्डेको नाममा लेखिएको निबेदन र असभ्य भाषा सहित सामाजिक सञ्जालमा बाहिर ल्याएका थिए ।

देशकै नमुना गाउँपालिकाको रुपमा रहेको छत्रदेब गाउँपालिकाको जनप्रतिनिधी र कर्मचारीलाई बदनाम र चरित्रहत्या गर्न खोजेको भन्दै गाउँपालिकाले कानुनी बाटो अपनाउने प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बुलन्द न्युजसँगको कुराकानीमा बताउनुभयो ।

स्वच्छ छबि, सक्षम र इमान्दार प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बिभिन्न पूर्वाग्रह देखाउनेहरुलाई कानुनी दायरामा ल्याउने बताउनुभयो । उहाँले गाउँपालिकाले अनियमितता गरेको प्रमाणीत गराउन गलत भ्रम फिजाउनेहरुलाई चुनौती समेत दिनुभयो । छत्रदेब गाउँपालिका सामाजिक सुरक्षा भत्ता बितरणसँगै निशुल्क स्वास्थ्य शिबिर, सुकुम्वासीाई आवास कार्यक्रम, काठका पोलमुक्त अभियान, खरका छाना मुक्त अभियान, हरेक वडामा एकीकृत घुम्ती शिबिर तथा योजना सम्झौता र बैंक खाता खोल्ने लगायतका लोकप्रिय कार्यक्रम अगाढि सारेको छ ।

श्रोतका अनुसार सामाजिक सञ्जालमा गलत भ्रम छर्नेलाई साइबर क्राइम अन्र्तगत मुद्धा चलाउने अन्तिम तयारी भएको छ । यस बिषयमा प्रहरीले समेत अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेलले सुशासन जवाफदेहिता र पारदर्शीता छत्रदेब गाउँपालिकाको प्रतिबद्धता भएको बताउदै आउनुभएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button