प्रदेश ३

भुकम्प प्रतिरोधात्मक ७ कोठे नवनिर्मित बिद्यालयको भवन उद्घाटन साथै हस्तान्तरण

अभिनय कार्की
दोलखा : झण्डै ४ वर्ष पहिले अर्थात् वि.सं. २०७२ साल वैशाख १२ गते नेपालमा विनाशकारी भुकम्प गएको थियो।सोही विनाशकारी भुकम्प बाट क्षती ग्रस्त बनेको दोलखाको कालिन्चोक गाउँपालिकाको वडा नं ३ पोखरेमा स्थित श्री पोखरे प्रा.वि. को नवनिर्मित भुकम्प प्रतिरोधात्मक ७ कोठाको भवनको प्राङ्गणमा भएको एक कार्यक्रममा प्रदेश न.३का माननीय सांसद तथा नेपाल कम्युनिस्ट पार्टी नेता श्री पशुपति चौलागाईं को प्रमुख आतिथ्यता विशेष अथिति दोलखा जिल्ला समन्वय समितिका प्रमुख श्री डबल पान्डे ,कालिन्चोक गाउपालिका का मेयर बिन कुमार थामी , नेकपा प्रदेश कमिटीका सदस्य श्री कुल बहादुर बुढाथोकी, कलिन्चोक गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष निशान बुढाथोकी,विद्दलय व्यवस्थापन समितिका अध्यक्ष कुमार कार्की, टुकी शिबिन नेपालका प्रतिनिधिहरुको र स्थानियहरुको वाक्लो उपस्थितमा सात कोठाको भुकम्प प्रतिरोधात्मक भवन आज एक कार्यक्रमका बिच विद्यालयलाई हस्तान्तरण गरिएको छ।

शनिबार हस्तान्तरण गरिएको उक्त भवन आज भन्दा दुई वर्ष अगाडी टुकि सिविन नेपाल सस्थाको कुल ६८ लाख आर्थिक सहयोगमा निर्माण थालानी गरिएको गरिएको थियो।भने नवनिर्मित भवन निर्माणका लागि स्थानीय विष्णु प्रसाद पाठक जग्गा दान दिनु भएको थियो।पुर्न:निर्माण गरिको उक्त भवनमा खानेपानी र सौचालय आदिको उच्चित व्यवस्था गरिएको वडा अध्यक्ष निशान बुढाथोकी र विद्दलय ब्यवस्थापन समितिका अध्यक्ष कुमार कार्कीले जानकारी दिनुभयो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button