साग महिला क्रीकेटको उपाधी बंगलादेशलाई

जागरणपोस्ट २२ मंसिर २०७६, आईतवार १५:२९

जारी १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई हराउँदै बंगलादेशले स्वर्ण जितेको छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा बंगलादेशले श्रीलंकालाई २ रनले पराजित गर्दै स्वर्ण पदक हात पारेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९१ रन जोड्यो । बंगलादेशका लागि विकेट किपर निगर सुल्तनाले २९ रन जोडिन्। यस्तै, फहिमा खातुन र सन्जिदा स्लामले समान १५/१५ रनको योगदान गरे।

श्रीलंकाका लागि उमेशा तिमासिनाले बंगलादेशको ४ विकेट लिइन्।सत्या सन्दिपनी र तारिका सेवान्दीले १/२ विकेट हात पारे।

९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाका ब्याट्स वमन बंगलादेशको बलरसामु खुलेर खेल्न सकेनन्। क्याप्टेन हर्सिता माधवी र लिहिनी अप्सराले क्रमस ३२ र २५ रन बनाउन बाहेक अन्यले उल्लेख्य रन जोड्न सकेनन्।

श्रीलंकाको पक्षमा रहेको खेल बंगलादेशका बलरले उल्टयाए। श्रीलंकालाई १२ बलमा ११ रन आवश्यक परेको बेला साथमा ३ विकेट थियो।तर लगातार विकेट गुमाउन पुग्दा ८ रन मात्रै जोड्न सक्यो। यससँगै बंगलादेशले २ रनको रोमाञ्‍चक जित हात पार्‍यो।

श्रीलंकालाई सस्तैमा रोक्न नहिदा अक्तरले २ विकेट लिइन्। उनले ४ ओभर बलिङ गर्दा १ मेडन राख्दै ९ रन मात्रै खर्चिन्। त्यस्तै, जहानारा आलम, सल्मा खातुन र खादिजा तुल कुब्राले १/१ विकेट लिए।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६