प्रदेश ५

गुल्मी धुर्कोटमा एक युवक मृत फेला

गुल्मीमा एक युवा मृत फेला परेका छन् । धुर्कोट गाँउपालिका-४ जैसीथोकमा २२ वर्षीय कमल खत्री घरनजिकै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए।

खत्री शुक्रबार साँझ घरबाट हिडेका थिए। घरमा नआएपछि खोज्ने क्रममा बाटोबाट दुई सय मिटर तल मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलको मुचुल्का बनाई शवलाई पोष्टमार्टको लागि जिल्ला अस्पताल तमघासमा ल्याइँदै छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै काठमाण्डौको चोभारमा पनि एक पुरुषको शव फेला परेको छ ।

शनिबार झाडीभित्र अन्दाजी ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो । फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको एसएसपी उत्तम सुवेदीले बताए।

हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button