प्रदेश ३

सिन्धुपाल्चोकको मुडे- सधै दुर्घटनाको समाचार बन्ने स्थान

सिन्धुपाल्चोक — सुनकोसी गाउँपालिका-६ मा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १६ जना घाइतेमध्ये ३ को अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

दोलखा कालिञ्चोकबाट भक्तपुर जाँदै गरेको बा २ ख ४४६८ नम्बरको यात्रुबस आइतबार बिहान लामोसाँघु-जिरी सडकखण्डअर्न्तगतको ६ किलोबाट ५ किलोमा सडकमै खस्दा १३ जनाको मृत्यु भएको हो । उनीहरुकोघटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतकमा २ बालकबालिका, ८ महिला र २ पुरुष रहेको प्रहरीले जानकारी दिएको छ । एकको पहिचना खुलेको छैन ।

मृतकहरूको सनाखत गराउने काम भइरहेको जिल्ला ट्राफिक कार्यालय खाडीचौरले जनाएको छ ।‘१६ घाइतेलाई धुलिखेल अस्पताल र खाडीचौरस्थित सिन्धुसदाबहार अस्पतालमा लगिएको छ, जसमा एक बालकसहित दुई जना सख्त घाइते छन्,’ जिल्ला ट्राफिक प्रमुख राजेशकुमार दाहालले बताए

प्रहरीकाअनुसार करिब सय मिटर तल खसेको थियो । बसमा दोलखाको कालिञ्चोक घुमेर फर्किएका भक्तपुर च्यामासिंह, काभ्रे र सिन्धुपाल्चोक जलविरेका यात्रु हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

निर्माणाधीन लामोसाँघु-जिरी सडकमा ओभरटेक गर्ने क्रममा यात्रुबस मोडमा खसेको प्रहरीको भनाइ छ । ‘यात्रुबस रिजर्भ गरिएको रहेछ । ३२ जना सीट क्षमताको यात्रुबसमा एक दुई जना मात्रै उभिएका थिए । चालक फरार रहेको खबर जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको छ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button