प्रदेश ३

विद्यार्थीलाई ठक्कर दिएपछि चावाहिल तनावग्रस्त

पशुपति क्याम्पसमा अध्ययन गर्ने विद्यार्थी सृष्टि पन्तलाई आज बिहान गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध गरेका छन। घाइते पन्तको अहिले उपचार भइरहेको छ । बा ४ ख ५९३० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए ।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी गरेका छन् भने अर्को गाडीमा तोडफोड । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button