प्रदेश १

तेह्रथुम प्रशासन कार्यालयले गरिदियो एकै परिवारका १२ जनाको अलग अलग थर परिवर्तन !

जिल्ला प्रशासन कार्यलय तेह्रथुममा कर्मचारीले साबधानी नअपनाउदा केदाप गाउपालिका जलजलेका १२ जना को थर परिबर्तन भएको छ। सार्की थर भएका उनीहरुलाई तत्कालिन जिल्ला प्रशासन कार्यलयका कर्मचारीले नेपाली, दमाई जातिको थर लेखेर नागरिता दिएका छन। यौटै परिवार भित्र नेपाली,परियार,मक्रन्ति र सार्की थर को नागरिता प्रशासनको गम्भीर लापरवाहीको कारणले हुनगएको छ। २०४० साल पुस ८ गते जिल्ला प्रशासन कार्यलय बाट जारी भएको १२ जनाको नागरितामा भिन्न भिन्न थर रहेको छ। आफूहरुको जात सार्की भएपनि प्रशासन का कर्मचारीले आफुहरुलाई नागरिता मा विभिन्न थर बनाएर दिएको पिडितको गुनासो छ। गरिब परिवारका अशिक्षित समुदाय भनिने तिमध्ये कसैले पनि त्यस बखत आफ्नो नागरितामा लेखिएको कुनै पनि अक्षर हेर्न र पढ्न सकेनन। अक्ष्र चिन्ने लाई पनि देखाएनन्। यौटै जात समुदायका १२ जना नागरिकको अलग अलग थर भेटिएपछि जिल्ला प्रशासन कार्यलय पुगेर आफ्नो थर सच्चाइदिन प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका तर जिल्ला प्रशासन कार्यालय प्रमूखले सच्चाउन नामिल्ने भनेर फर्काइदिएपछि आफूहरु चिन्तित बनेको पिडित जयबहादुर नेपालीले बताउनु भएको खबर झापादेखि जागरणपोस्ट सहकर्मी बिबेक गाहा मगरले सम्प्रेषित गर्नुभएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button