प्रदेश ५स्वास्थ्य

डाक्टर चाहियो? घरमैं बसी `मेरो स्वास्थ्य´ एप क्लिक गर्नुहोस

बुटवल – पछिल्लो समयमा हरेक नागरिकमाझ स्मार्टफोनको क्रेज बढेसंगै मानिसहरुले आफ्नो दिनचर्या पनि सहज रुपमा व्यथित गर्न थालेका छन्। पहिले घन्टौ हिडेर स्वास्थ्य संस्थामा जानु अनि स्वास्थ्य संस्थामा पुग्दा आफुले खोजे जस्तो स्वास्थ्यकर्मी नपाउनु एउटा बाध्यता थियो। अब मानिस स्वास्थ्य संस्थामा होइन, तपाइको हातमा भएको यौटा मोबाइलमा डाऊनलोड गर्नुभएको मेरो स्वास्थ्य मोबाइल एपको माध्यम स्वास्थ्य संस्थामा जाने काम घर बसी बसी गर्न सक्नुहुनेछ। साथै आफूलाई चाहिएको सम्बन्धित स्वास्थ्यबिज्ञ खोजेर उसलाई भेट्ने दिन घर बसी बसी नै निश्चित गर्न सकिन्छ।

हाललाई यो एपले आफ्नो वरिपरि र आफूनजिकै रहेका स्वास्थ्य संस्थाहरु बारे जानकारी पाउनु को साथै सम्बन्धित संस्थाबाट हुने सेवाहरु घरमै बसेर थाहा पाउन सक्नुहुनेछ। त्यसैगरि आफ्नो नजिक रहेका एम्बुलेन्सको फोननम्बरसंगै नजिकैको अस्पतालहरुको फोननम्बर पनि उपलव्ध गराऊनेछ।

मेरो स्वास्थ्य मोवाईल एप का सह-संस्थापक दिनेश पोख्रेल।

हाललाइ यो सेवा बुटवल क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुको लागीमात्र उपलव्ध भएता पनि बिस्तारै देशभरि नै यो एपको सुबिधा उपलव्ध गराऊने जानकारी एपका सह-संस्थापक दिनेश पोख्रेल ले जानकारी दिनुभएको छ। बुटवलमा सफल परिक्षणपश्चात उक्त एपलाई देशैभरिका नागरिकमाझ सर्वसूलभ र नि:शुल्करुपमा उपलव्ध गराऊने योजनासहित आफूहरु अंघाढि बढेको जानकारी पोख्रेलले दिनुभयो।

यो एप प्रयोग गर्दा पैसा लाग्दैन,यो पूर्णरुपमा नि:शुल्क छ। बिरामीहरुको सहजताको लागी हामीले यौटा पृथक प्रयास गरेका हौं। यो एपमा तपाइहरुले जन्मिएदेखि अहिलेसम्म प्रयोग गरेका औषधिहरुको जानकारी वा फोटो राख्न सक्नुहुनेछ र जुनसुकै बेला र जहाँ पनि तपाईंको साथमा तपाईंको मोबाइल नै तपाईंको स्वास्थ्यको सारथि रहनेछ।

उक्त एपलाई डाऊनलोड गर्न कृपयाँ पुनश्च:यहाँ क्लिक गरेर प्राप्त गर्नुहोस।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button