मुख्य समाचार

राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु

राष्ट्रियसभा निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज मतदात नामवली प्रकाशन गरिने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रवक्ता श्रेष्ठका अनुसार आजै ११ बजेदेखि अपरान्ह ४ बजेसम्म दावी विरोधको समय निर्धारण गरिएको छ ।

भोली मतदान नामावलिमाथि छानविन गरि अपरान्ह ४ बजे अन्तिम नामवली प्रकाशन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । निर्वाचन आयोगका अनुसार २० गते मनोनयनपत्र दर्ताको समय तय गरिएको छ । २१ गते उम्मेदवार विरुद्ध उजुरी दिने, २२ गते प्राप्त उजुरीमाथि छानविन गरी २३ गते मनोनयन भएका उमेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

कुनै उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहे २४ गते तथा २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी सोही दिन निर्वाचन चिन्ह प्रदान गरिने आयोगको तयारी छ । निर्वाचन आयोगले माघ ९ गते विहान १० देखि ४ बजेसम्म मतदानको समय तोकेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button