राजनीति

कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राऊ पुर्जी जारी

जिल्ला अदालत कपिलवस्तुले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट विजयी सांसद शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी सुरेशविक्रम शाहले सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको पुष्टि गरेका छन् । उनले सांसद शाहलाई पक्राउका लागि संसदलाई जानकारी दिने लगायतका आवश्यक प्रक्रिया पुर्‍याउने काम भइरहेको समेत बताए ।

प्रहरीले सांसद शाहलाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न पाउँ भन्दै अदालतसँग अनुमति मागेको थियो ।

गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट कपिलवस्तुको कृष्णनगर नगरपालिकामा मेयर पदमा उमेदवारी दिएका श्याम मिश्राले सांसद शाहले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको आरोप लगाउँदै उजुरी दर्ता गराएका थिए ।

उनीमाथि गत पुस ५ गते कृष्णनगरस्थित सांसद शाहको घरमा कुटपिट भएको थियो । मिश्राले दर्ता गरेको उजुरीमा सांसद शाह र उनका सवारी चालक सोनु कहारले ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको दाबी गरिएको बताइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button