राजनीति

सभापति बन्नकै लागि देउवाले पार्टि नै समाप्त पार्न लागे – सुजाता कोईराला

बुटवल – नेपाली कांग्रसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आन्तरिक कलह समाप्त नभए पार्टी हराएर जाने बताएकी छन् । प्रेस युनियन रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरिन् ।

कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा पुनः सभापति बन्नकै लागि पार्टी समाप्त पार्न लागेको आरोपसमेत लगाइन् । ‘पार्टी सबैभन्दा प्रमुख विषय हो, व्यक्ति ठूलो होइन, पार्टीको विवाद नमिले आउने चुनावमा कांग्रेस शून्यमा झर्छ,’ उनले भनिन्, ‘पार्टीभित्र यस्तै किचलो रहे यो पार्टीमा भोट हाल्नलाई हात काँप्नेछ ।’ का‌ंग्रेस महाधिवेशनमा सबैको साझा उम्मेदवार बन्नुपर्ने र पार्टीलाई बलियो बनाई जिताउनुपर्ने उनको भनाइ थियो।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button