अर्थ बजार

सरकार र उखु किसानबिच ५ बुँदे सहमती

सरकारले आन्दोलनरत उखु किसानसँग ५ बुँदे सहमति गरेको छ ।
उद्योगमन्त्री लेखराज भट्टसँग किसानहरूले वार्ता गरेर सहमति गरेका हुन् ।
सहमतिमा माघ ७ गतेभित्र सबै किसानहरूले उखुको मूल्य पाउने उल्लेख गरिएको छ ।

त्यससँगै सहमतिपत्रमा सरकारले दिने अनुदान समयमै उपलब्ध गराउनुपर्ने, सरकारले उखुको स्वचालित मूल्य तोकिनुपर्ने लगायतका बुँदा उल्लेख गरिएका छन् । एक सातादेखि काठमाडौँमा आन्दोलन गरिरहेका किसानहरू सहमति कार्वान्ययन हुने आशामा रहेका छन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button