पर्यटकको पर्खाइमा छत्रमहाराज मन्दिर

जागरणपोस्ट २३ पुष २०७६, बुधबार २०:१८

मधुसुधन पाण्डे
अर्घाखाँची : नेपाल सरकारले लागू गरेको नेपाल भ्रमण वर्ष २०२० मा पुग्नैपर्ने ठाउँ होअर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा पुरातात्त्विक छत्रदेवालय मन्दिर तर छत्रमहाराज कोट दरबार अपेक्षाकृत चर्चामा आउन नसक्दा गाउँपालिकाको आन्तरिक आम्दानी न्यून बन्दै गएको छ । कुनै समय छत्रमहाराज बसेको र मन्दिरसमेत निर्माण भएको कारण उनैको नामबाट अर्घाखाँचीमा छत्रदेव गाउँपालिका नामाकरण गरिएको हो ।

पूर्वमा गुल्मी जिल्ला, पश्चिममा सन्धिखर्क नगरपालिका, उत्तरमा मालारानी गाउँपालिका,दक्षिणमा पाणिनी गाउँपालिका र गुल्मीको केही गाउँपालिका तथा नगरपालिकासग सिमाबन्धित छत्रदेवबारे एक रोचक कहानी स्थानीयबीच प्रचलित छ ।

करिव ५ हजार वर्षअघि कुरुक्षेत्रमा भएको महाभारत युद्धमा युद्ध अवलोकन गर्न पुगेका छत्रमहाराजाको शीर भगवान श्रीकृष्णबाट छेदन भएपछि छेदन भएको छत्रको शीरले पहाडी खण्डको यसै क्षेत्रमा बस्न चाहना दर्शाएअनुसार भगवान श्रीकृष्ण र पाँच पाण्डवले छत्र महाराजलाई यस स्थानमा स्थापित गरिदिएका कुरा आफूले पुर्खाहरूबाट सुनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भोजबहादुर रायमाझी बताउँछन् ।

पैयुँका रुखमुनि पूजा गर्दै आएको यस स्थानमा अङ्ग्रेज र मुस्लिमको लाडाईंमा नेपालको तर्फबाट अङ्ग्रेजको सहयोगार्थ भारतको लखनौमा जाँदा पाल्पा जिल्लाका बहादुर कर्नेलले युद्धमा विजयी प्राप्त गरेमा दरबार र मन्दिर बनाउने भाकल गरेका र भाकल पूरा भएपछि सन् १८५० मा मन्दिर तथा दरबार निर्माण भएको बुढापाकाको भनाई छ ।

बाह्र रोपनी क्षेत्रफलमा फैलिएको मन्दिर परिसरभित्र पाँच पाण्डवको मन्दिरका साथै गणेश, शिवालय तथा छत्र महाराजाको मन्दिरसमेत रहेको छ । आइतबार, पूर्णिमा, चैतेदशैँको रामनवमी, बुद्ध जयन्ती, वडादशैँमा पूरा समय र न्वागीखाने दिन मात्रै पूजा गर्ने गरिन्छ । अप्ठ्यारोमा परेको समय यो मन्दिरलाई सम्झिएमा मनोकाङ्क्षा पूरा हुने स्थानीय विश्वासअनुसार राँगा, भेडा, कुखुरा, हाँस र परेवा चढाउने यहाँको परम्परा छ ।

यस मन्दिरसँग करिव ५० रोपनी गुठीको जमिन भए पनि खानेपानीको ठुलै समस्या रहेको छ । त्यसो त सुख्खा क्षेत्रकै रुपमा चिनिने छत्रदेव गाउँपालिकामा वार्षिक २२०० मिलिमिटर भन्दा कम वर्षा हुने गर्दछ । खानेपानी र सिँचाइको ठूलो समस्या रहेको यस क्षेत्रमा आर्थिक संमृद्धिको लागि खानेपानी र सिचाईंमा सबैको ध्यान जानु जरुरी छ। साविकका बल्कोट, केरुङ्गा, छत्रगञ्ज, ठूलापोखरा, भगवती गाविसको सबै भाग र चिदिका गाविसको १ नं. देखि ८ नं. वडा, अर्घातोष गाविसको २ नं. देखि ५ नं. वडासम्म र मरेङ गाविसको ७ नं. देखि ९ नं. वडासम्मका भू–भागलाई मिलाई छत्रदेव गाउँपालिका गठन भएको थियो । गाउँपालिकाभित्र खरको छानादेखि काठको पोलमुक्त लगायत स्वस्थ्य, शिक्षा आदि विषयमा उल्लेखनीय सफलताहरु भित्रिएको भएपनि पानी र बाँदर आतंक ठुलै चुनौती भएको स्थानीयको कथन रहेको छ ।

समस्याहरु जे जस्ता भएपनि गुल्मी जिल्लासँग जोडिएको छत्रदेव गाउँपालिकामा अवस्थित छत्रदेवालय महाराज परिसरको संरक्षण, सम्बर्द्धन तथा प्रचारप्रसार गर्न सक्ने हो भने आन्तरिक र वाह्य पर्यटकका लागि कोसेढुङ्गा सावित हुनेछ ।

हाम्रा सवातदाता पाण्डेले छत्रमहाराज मन्दिरलाई प्रचारप्रसार गर्न के गर्नुपर्ला भनेर केही स्थानीयहरुलाई सोध्नु भएको थियो उहाहरुको प्रतिक्रिया जस्ताको तस्तै हेर्नुहोस

त्यसो त गतबर्ष करिब ८६ लाखको लागतमा सिढी निर्माण तथा रेलिङ हालिएको छ प्रदेश न ५ कै सबैभन्दा धेरै सिढी रहेको पनि जानकार हरु बताउछन् ।केही महिना अघि मात्रै सम्पन्न भएको रेलिङले अान्तरिक पर्यटकलाई तान्न ठूलो सहयोग पुगेको स्थानीयले जनाएका छन् ।विशेषगरी छत्रमहाराज मन्दिर जानका लागि घुमाउरो बाटो घुम्ने गरेको भए पनि रेलिङ बनेपछि निकै सुख भएको स्थानीय सुन्तला पाण्डेले बताउनुभयो ।उहाले थप्नुभयो पहिला पहिला पार्टीबाट सिधै नस्किदा चिप्लिने त्यसैमा साधुरो र अप्ठ्यारो बाटोको कारणले निकै सास्ती भोग्नुपरेको थियो अहिले रेलिङसहित सिढी निर्माण भएपछ मन्दिर जानका लागि ठुलो सहयोग भएको बताउनुभयो।अहिले आन्तरिक पर्यटकहरु रेलिङमा बसेर तस्बिर खिचाउने त्यसैगरी मन्दिरमा पुगेर तस्बिर लिनुका साथै दर्शन गर्ने गरेको उहाले बताउनुभयो

कैलाशकुमार श्रेष्ठ -शिक्षक
छत्रमहाराज मन्दिरमा रेलिङ र सिढी निर्माणले जति पर्यटकलाई आकर्षण गरेको छ त्यती नै मात्रामा छत्रमहाराज मन्दिर परिसरमा नेवा समुदायले आकर्षक र पुरातात्त्विक संरचनामा गेट निर्माण गरेको छ।छ्त्रदेवालयको नया गेट नेवा:समाजको आर्थिक सहयोगमा निर्माण भएको हो।यस निर्माण कार्यका अध्यक्ष चन्द्रमान श्रेष्ठ हुनुहुन्थ्यो भने सचिबमा कैलाशकुमार श्रेष्ठ ।नेवार समुदायले निर्माण गरेको प्रवेशद्वारको लागत करिब २० लाख लागेको सचिव श्रेष्ठले जानकारी दिए।नेवार जातिको यो सहभागीतामूलक कार्य अर्घाखाँची जिल्लाकै उदाहरणिय कार्य हो।

भोजबहादुर रायमाझी-मन्दिर व्यवस्थापन समिति अध्यक्ष

श्री छत्र देबालय मन्दिरम सिढि र रेलिङ निर्माण बाट आन्तरिक पर्यटकमा बृद्धी भएको
तपाईं बाट जानकारी पाउदा हामि र हाम्रो श्री छत्र देबालय संरक्षण समिति को तर्फ बाट हार्दिक धन्यबाद ।यस महाभारत युद्ध समाप्ती लगत्तै स्थापना गरिएको ऐतिहासिक यस श्री छत्रमहाराज मन्दिर लाई बृहत पर्यटकिय स्थान निर्माण को लागि मेरो बुझाई मा निम्न स्थानमा निम्न अनुसार निर्माण आबश्यक ठानेको छु।
1- पाटि सिडि अर्थात् रेलिङ सुरूवात हुने ठाउँ लाई नामाकरण गरि महाभारत चोक राख्दा राम्रो ।
2- सोही ठाउँमा श्री छत्रमहाराज मन्दिर प्रवेशद्वार को निर्माण ।
3- उपल्लो गोपालेका पोखरा खाली ठाउँ मा गार्डेन सहित पार्क।
4- ऐतिहासिक भिमसेनले गाडेका ढुंगा लाई ब्यबस्थापन गर्ने।
5- श्री छत्रमहाराज का सशस्त्र लुकाउने स्थान को निर्माण गर्ने ।
6- छत्र महाराज मन्दिरमा फुलपाती को निर्माण ।
7- श्री छत्र महाराज मन्दिर को समिपमा भ्यू टावर निर्माण
8- श्री छत्र महाराज मन्दिर, माझकोट भगवति मंदिर समेत को फुलपाती समापन गरिने स्थान माचपानी पोखरिको निर्माण हुदै छ छत्र महाराज मन्दिर को परिसरमा महाभारत युद्ध र श्री कृष्ण भगबान समेत र बरबरिक (छत्र महाराज )को ऐतिहासिक पृष्ठभूमि खोलिने गरि आकृति निर्माण गरि सरचना भएमा पर्यटन पुर्वाधार लाई सहयोग पुग्ने विश्वास मेरो छ।

सुजन न्यौपाने-व्यवसायी
छत्रमहाराज मन्दिरमा सिढी र रेलिङले आन्तरिक पर्यटक बढाए पनि विदेशी तथा स्वदेशी पनि बाहिरी जिल्लाका भित्र्याउन व्यापक प्रचारप्रसार र छत्रमहाराजको ईतिहासबारे सबैलाई जानकारी गर्नुपर्छ ।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६