प्रदेश ५समाज

गुल्मीमा भुकम्पवाट क्षती पुगेका २२ वटा विद्यालयहरुको मात्र पुनर्निमाणको काम सम्पन्न

गुल्मी : गुल्मीमा भुकम्पवाट क्षती पुगेका २२ वटा विद्यालयहरुको मात्र पुनर्निमाणको काम सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) गुल्मी प्रमुख पिताम्बर पन्थीले जिल्लामा २२ विद्यालयका ६८ वटा कक्षा कोठाहरुको निर्माण कार्य सम्पन्न भएको बताउनु भयो ।

गुल्मीमा भुकम्पवाट प्रभावित ३ सय ११ विद्यालयमा १२ सय ५२ कक्षा कोठाहरु भुकम्पवाट क्षती पुगेका थिए । भुकम्पका कारण जिल्लामा हाल ४३ विद्यालयहरुका १ सय २७ कक्षा कोठाहरुको निर्माण कार्य तिब्र रुपमा अगाडि बढेको आयोजना ईकाई प्रमुख पन्थीले बताउनु जानकारी दिनुभयो ।

जिल्लाका २२ विद्यालयहरुको पुनर्निमाण भैसकेको र अन्य ४३ वटा निर्माणको चरणमा रहेको भएपनि गुल्मीमा १ सय ९४ विद्यालयमा ९ सय ५ वटा कक्षा कोठाहरु पुनर्निनिर्माण गर्न बाँकि रहेको हुँदा चाँडै ति विद्यालयहरुको निर्माण कार्य पनि शुरु गर्ने प्रकृयामा रहेको राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई गुल्मीले जानकारी दिएको छ ।

राष्ट्रिय पुनर्निमाण प्राधिकरणले भुकम्पवाट क्षती पुगेका विद्यालयहरुको पुनर्निमाणका लागि २ कोठे भवनको हकमा २३ लाख ९० हजार, ३ कोठेलाई ३५ लाख ७० हजार, ४ कोठेलाई ७० लाख ४० हजार र शौचालयको हकमा १५ लाख अनुदान रकम उपलव्ध गराउँदै आएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button