गण्डकी प्रदेश

तनहुँको घिरिङ्गमा बस दुर्घटना: २ को मृत्यु, १७ घाईते

तनहुँ – तनहुँको घिरिङ गाउँपालिका ३ थानीमाईमा बस दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । शुक्रबार बिहान १० बजेतिर रामपुरबाट भिमादहुँदै पोखरा जाँदै गरेको बस सडकबाट करिब ४० मीटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। बसमा सवार २५ मध्ये १७ यात्रु घाइते भएका छन्। सबैको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।हिलो बाटोमा चिप्लिँदा दुर्घटना भएको ट्राफिक प्रहरीको अनुमान छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button