समाज

केराबारीमा बिजोग अवस्थामा फेला परे यी दृष्टिविहिन बालिका, सहयोगको लागि आग्रह

विवेक गाहा मगर,
मोरङ्ग- पुस महिनाको जाडोमा न त ज्यान ढाक्ने न्यानो कपडा छ न त पेटभरि खाना, एकसरो पातलो लुगाको भरमा यी दुई बालिका सडकमा त्यसै भैतारीरहेका छन। मोरङ्ग जिल्लास्थित केराबारी गाउॅपालिका वडा नं २ सिंहदेबी फाङदुवाका यी बालिकाहरु दुबैजना राम्ररी आँखा देख्न सक्तैनन। उनीहरु दृष्टिबिहिन हुन भने उनीहरुको बुवाको दुई वर्षअघि नै मृत्यु भईसकेको थियो। बालिकाकी आमासमेत दृष्टिबिहिन छिन। लेटाङ्ग कि समाजसेबी शान्ति पाख्रिन ले उनीहरुलाई उपचारकॊ पहल गर्ने बताउनु भएको छ भने बालिका र उनकी आमाको बारेमा अन्य विस्तृत विवरण उल्लेख भएको छैन। गरिबिको चपेटामा परिरहेका यी दृष्टिविहिन बालिकाको उद्धार गर्न पाख्रीनले अन्य मनकारी दाताहरुसंग पनि आग्रह गर्नु भएको छ। यता समाजसेवी पाख्रिनसंगै सरोज बस्नेत, दिपक न्यौपाने लगाएत समाजसेबी हरुद्वारा सडकका यस्तै वेसाहारा बालबालिका र उनको परिवारलाई सहयोग जुटाउन काम सुरु गरेको बताउनु भएको छ। उनीहरुको उपचार एवं उद्धारको लागि समाजसेवी बस्नेतले अहिलेसम्म २७ हजार रुपियाँ सहयोग जुटाईसकेको बताउनु भएको छ भने दृष्टिबिहिन बालिका र उनीहरुको आमालाई सहयोग गर्नसमेत सम्पूर्णमा आग्रह गर्नुभएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button