कला साहित्य

सर्जक हिमोढ पहाडीको शनिवारिय कविता: देशको माटोलाई

जब विश्व विजयी अभियानमा
ब्रिटिस साम्राज्यवादले
एउटा हातमा बाइबल
अनि अर्काे हातमा तरबार बाेकेर
समस्त धरा निल्दै थियाे
त्यतिबेला याे विश्व
छट्पटिदै थियाे मुक्तिका लागि
अनि कथा लेखिँदै थियाे
स्वतन्त्रता र स्वाभिमानकाे ।

ठिक त्यही बेला
मेराे माटाेले अाफ्नाे गर्भाशयमा
स्वाभिमान र एकताको प्रतीक
निरन्तर राेपिरहेकाे थियाे
सहँदै असह्य पिडाहरु
किनकि मेराे माटाेले भविष्यमा
लगाम लगाउनु थियाे
साम्राज्यवादकाे उत्तेजक अाँधीलाई ।

त्यसैले मेराे माटाेले
निरीह राज्यको सम्प्रभुतालाई
एकताको सुत्रमा बाँधेर
हिमाली राज्यमा अाफ्नाे वैभव फलाउन
देख्दै थियाे दृढ सपना
र त मेराे माटाेमा
जन्मिँदै थिए द्रव्य शाहहरु
गर्दै नयाँ जगहरुकाे शिलान्यास ।

कालान्तरमा मेराे माटाेले
बिसे नगर्चीकाे पद पछ्याएर
पृथ्वीकाे सत्संकल्पलाई
साकार बनाउनु थियाे
अनि संगठित गर्नु थियाे
हिमालयकाे स्वाभिमानलाई
र ढाल बनेर राेक्नु थियाे
असहिष्णु साम्राज्यवादी प्रहारलाई ।

त्यसैले निरन्तर एकलव्य बनेर
राज्य एकिकरणकाे अभियानमा
मेराे माटाेमा पुर्खाहरुले
रगत र पसिना सिंचित गर्दै
वीरताका गाथाहरु काेरिरहे निरन्तर
सहँदै कठाेर प्रहारहरु
अनि स्वर्ण अक्षरमा लेखिरहे
गाेर्खाली सेनाका नाममा
विश्व हल्लाउने वीरताका गाथाहरु ।

अहिले देश संकट ग्रस्त बन्दैछ
त्यसैले तिमी अघि बढेर संकल्प गर
मेराे माटाेमा विदेशी सैन्य अखाडा बन्ने छैन
याे माटाेलाई अाधार शिविर बनाउँदै
मित्र राष्ट्रमाथि धावा बाेलिने छैन
किनकि यति बेला मेराे माटाेले
पञ्चशीलकाे सिद्धान्त पछ्याउँदै
असंलग्नताकाे बाटाे हिँडेकाे छ ।

ए ! राष्ट्रिय एकताका प्रतिक
तिमीले खाेजेकाे शक्ति र सत्ता
अन्तिम सत्य हुँदै हाेइन
तिमी साम्राज्यावादकाे शिकार नबन
त्यसैले अाऊ हाम्राे माटाे छाेएर
हामी साझा संकल्प गराैँ
देशकाे स्वाभिमान बचाउन
राष्ट्र निर्माताका अधुरा सपनाहरु
तिम्रै नेतृत्वमा पूरा हुनु पर्छ।

भावपूर्ण श्रद्धाञ्जलीसहित राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहप्रति समर्पित
हिमोढ पहाडी

दाङ
हाल: पाेर्चुगल

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button