थप

नेवा–ताम्सालिङ्ग किन भएन?

प्रशान्त महासागर : एउटा सानो झगडामा हामी आफुहरु एक अर्काको नाक, मुख फुट्ने गरि पिट्ने पक्षसम्म पुग्छौं । आफ्नो एक इन्च जमिनको लागि एउटै कोखबाट जन्मेका आफुहरु जीवनभर शत्रु बनी मर्छाै । सानो भन्दा सानो स्वार्थको लागि मनुष्य जो सर्वश्रेष्ठ प्राणी हौं भनी दावी र गर्व गर्छन् ती सब माटोमा मिलाउन मरिहत्ते गर्छौ । यो सब हामीलाई सामान्य र प्राकृतिक लाग्छ किनभने त्यो हाम्रो कमजोरी हो । र कमजोरीकै कुरालाई उजागर गर्ने हो भने विरोध आफुलाई थुक्ने गर्छौ । भोक लागेको हुन्छ खाना फालेर विरोध गर्ने हाम्रो बानी छ । प्यास लाग्दा मदिरा सेवन गर्ने चलन छ । बानी र चलनले गर्दा हामी आफु परिवर्तन हुन कहिल्यै सकेनौं । युग युगसम्म युगान्तकारी कुरा गरेर त्यसको प्रयोग मुनासिव परिवेश र विजारोपणको लागि आवश्यक वीउको खोज कहिल्यै हामीले गर्न सकेनौं, चाहेनौं । मात्र आफुमा रहेको खराबमाथि हावा भरेर त्यसको उडानलाई गन्तव्य सोचको लक्ष्य बनाउनमै रमी रह्यौं । यो त एउटा सानो उदाहरण मात्र हो । जीवनमाथि जिउँदा गरिरहेका ज्यादति मात्र हुन् जस्मा लेखा र जोखासम्म पुग्दा स्वार्थ सिवाय अरु प्राप्त हुन्न । भएको आन्दोलन पनि यस्तै मात्र हो । बेलुन बनी उड्नु र वायु मण्डल भन्दा बाहिर जान खोज्नु निष्कर्षमा फुट नै हो । हासिल यात्रा पनि नहुनुको परिणाम यस्तै हो । यहाँ भन्दा अगाडि धेरै विचार एवम् प्रयोगका कुराहरु छन् जुन हाम्रो क्षमताले त्यो कहिल्यै ज्ञान र बुद्धि बनी आपसि हितमा संचय लगायत परिचालन हुन कहिले सकेनन् । यो एक प्रकारको बिकार हो जुन हामीमै जमि रह्यो । नतिजा बागमती प्रदेश, राजधानी हेटौडा गणतान्त्रिक परिणाम भए।

यहाँ गणतन्त्र नदिले चाहेको स्पष्ट भाषामा संविधानमा कोरिएको रहेछ । त्यस्तो संसवधानलाई विश्वको सर्वोत्कृष्ट संविधान भनिइयो हामीले मान्यौं पनि । मान्नुमा हाम्रो स्वार्थ थियो कि संघिय प्रदेश हामीले पाउँछौं आफैमाथि गएको बकात्कार यो थियो । नेवा ताम्सालिङ्ग हुन्छ बन्छ भनेकाहरु चूप हुनु भनेको हाम्री आमामाथिको बलात्कार हो । यो आदिवासी, जनजाती एवम् मूलवासीले महसुस नगरिएको यथार्थता हो । कारण सर्वप्रथम त तिनीहरुले मातृत्वको बेवास्ता गरे । दोस्रो स्वार्थको लागि राष्ट्र भन्दा माथि पाटि माने । कार्यकर्ता बने । टुक्रा टुक्रा धेरै टुक्रा बनी सकेपछि जोडमै जुट्दाजुट्दा अहम् र स्वार्थ फेरि अनेकतामै एकता भन्ने सोच संगत नारा अपनाउन खोजे । तर त्यसमा पनि खासै रंग र अंगका विकसित रुपहरु नदेखेपछि भिन्नभिन्नता रमे । कमजोर परिस्थिति र परिवेशको फाइदा पृथ्वी नारायण शाहले लिए जस्तै मात्र हालको अवस्था भए । एकिकरण भन्दै धेरै वर्ष पढियौं अब त होईन भन्ने बाटो र गन्तव्य पनि देख्न छोडे । नमिलेका इतिहासलाई सुधार गरि सच्याउनु पर्छ त्यो वर्तमानको लागि काम आउन सक्छ भन्ने कुरा समेत बिर्सि बाँचियौं । रिस उठेकाहरुले जानकारहरुले पौष २७ गते कीर्तिपुर पुगि “छ्याकं ल्वह” अर्थात सम्म नभएको ढुङ्गा जहाँ पृथ्वीनारायण शाह लडेको थियो विरोध अर्थात १७ धार्नी अर्थात एकिन साथ देखेकै कोही थियो त्यो जो आज पनि थिए भन्ने अनुमानलाई ८६५ जनाकै नाककान काटिएको सम्झना स्वरुप थुक्ने गर्थे । यहाँ सर्वप्रथम त थुकेकै अर्थ हुन आउँछ विरोध…विरोध विध्वंस चाहन्छ तर हामी मनुष्य शान्तिको खोजीमा समाज संगत बाँचेका प्राणी हौं । यो हामीले बिर्सिएको इतिहास हो जुन वर्तमानलाई भविष्य बनाउनु पर्छ भनी मुखमा कालो मोसो दलेर बाँचेका छौं । परिणाममा मरेका पृथ्वी नारायण शाहले विरोध जनाए जिउँदो पृथ्वी नारायण शाहहरुले आफ्नै थाकथलोमा बागमती प्रदेशमा तिमीहरु छौं भनी पुष २७ मै घोषणा गरे । पहिचान नेवार तामाङ्गले मागेको होईन् बागमती नदिले चाहेका हुन्….सम्बोधन गरे । तर नेवारहरु लगायत तामाङ्ग एवम् अरु जो शुभ चिन्तकहरु पुषमा सहकारीको साधारण सभा लगायत जाडो भन्दै जाँडरक्सी एवम् जुवातासमै रमी रहे । चेत खुल्ने दिन सुधारको निम्ति फेरि कतै थुक्नमै जमात जम्मा हुनेछ । यो हाम्रो भविष्य हो । हामीले आफुभित्रका खराबीलाई जबसम्म सम्बोधन गर्न सक्दैनौं तबसम्म यस्ता चुनौतिहरु हामीमा फूलमाला भई वर्षि रहन्छन् । सम्मानमा हेला अपमान पाउनुलाई जीवन सुख मान्न बाध्य भई रहन्छौं । र पुनः अन्तर कलह द्वन्दको आवाज झै ऊ यस्तो र उस्तो बनी गुञ्जि रहन्छन् । यसलाई इतिहास मान्नु पर्छ सरकारको दादागिरी रहन्छन् भने त्यस विरुद्धको आवाज १० वर्षे जनयुद्ध विगुलको रुपमा प्रतिध्वनित भए पनि हासिल र स्थापित कुरा बागमती प्रदेश नामाङ्कन नै हुनेछ । यो हामीभित्रको खराब सोचले स्थान पाएको स्थापित संविधान हो । विश्वको सर्वोत्कृष्ट संविधानले बागमती प्रदेश दिइएको छ, नदिको पहिचान स्थापित भएको छ । गराएको छ । तर पनि हामी जिउँदोलाई काखि च्यापेर मरेको मूर्दाको विरोधमा छौं । संघिय गणतान्त्रिक यथार्थता पनि यही हो ।

उत्पीडनको नाउँ दिई बदला मूर्दासँग लिने सोच हाम्रो नैसर्गिक बुद्धि ज्ञान हुनु श्रापित आफैलाई पार्नु मात्र हो ।

हुन त सरकारमा बस्ने र प्रतिपक्ष स्वरुप स्थापितहरुको सोच यति मात्रै हो । साथसाथै कस्को र किन विरोध गर्ने सोचहरुको पनि बुद्धि यस्तै यस्तैमा खर्चेकै अवशेष हुनुपर्छ ःऋऋ को ढोका खोल्नु यसकै परिणाम हुुनुपर्छ जस्को चिन्ता केहीलाई मात्र छ सरकारको सोच हुनु । र अर्को जे जस्तो सुकै होस् हामी आफ्नै मनोरञ्जनमा छौं, हामीलाई न पृथ्वी नारायण शाहको मतलब न त पहिचान र प्रदेशको नै । हामीलाई ःऋऋ आए पनि ठीक, जो शासक र प्रशासक आए पनि ठीक । लिपुलेक लिए पनि के भो लिपियाधुरा लिए पनि के भो ? म जातले नेवार, तिमी जातले बाहुन…. यहाँ नेवा ताम्सालिङ्ग भए पनि के ? बागमती भए पनि के ? खान कमाउनै पर्छ खर्च गर्न पैसा हुनै पर्छ आदि आदि अन्य कुराहरुले आज पहिचान विरोधी पृथ्वी नारायण शाह जन्मेका हुन् जस्मा निर्णयको जति दोष छ त्यति तिम्रो मेरो हामी सबैको छ कारण हाम्रो सोचमा पहिचान पुगेन् । हाम्रो कार्य शैलि कार्यान्वयनमा पहिचान पुगेन् । पुगेको छ त केवल हर कार्यमा स्वार्थ मात्र छ । मरेको पृथ्वी नारायण शाहलाई सरापेर जिउँदो पृथ्वी नारायण शाह आफै बन्ने दौडमा हामी छौं, हाम्रो शासन छ हाम्रो शासक छ । भोक लाग्दाको आवश्यक त्यही अनुरुपको छ प्यासका कुराहरु पनि यस्तै छन् । बस्ती आफ्नो उठीवास नहुँदासम्म सबै चूप बस्ने प्रविधि यस्तै छन् । तर पनि हामी पृथ्वी नारायण शाहलाई सराप्दै पहिचानका कुरा गर्नमा व्यस्त छौं । सानो आवेगमा कसैको नाक फुटाउने गरि आउने शक्ति युद्धमा पृथ्वी नारायण शाहसँग भयो भन्ने बहसमा हामी छौं । भाईको आँखा फुटाउने र आफ्नो सूरवीर सेनापतिको हत्याको बदला फूल वर्षाएर लिईयोस् भन्ने कामनामा छौं जब कि आफन्तले गरेको बलात्कार नै किन नहोस् त्यो लुकाउन हामी राजनीति दाउपेज अपनाउँछौं । आफुहरुले गर्ने उत्पीडन जे पनि ठीक…एउटा जातसँग अर्को जात बाझिएको कुरा गरेर आफुहरु महान हुन खोज्ने समाज एक्लो पृथ्वी नारायण शाह मात्र किन दोषी…? हुन त यति प्रतिप्रश्न गर्दा शायद धेरैलाई म समर्थक लाग्न सक्छ पृथ्वी नारायण शाहको….र कसैको समर्थक वा विरोधी बन्न यो कुरा गरि रहेको छैन् । नारी अधिकार वकालत गर्ने सरकारले निर्मला पन्तको हत्यारा कहाँ लुकाए यसको दबाबमा न्याय खोज्न नसक्नु हामी आफैले त्यो घटना गरेका हौं मेरो सोच यता छ । आज हामी पृथ्वी नारायण शाह गलत भन्ने हैसियतका भएका छौं तर सही के देखाउने अवस्थामा अझै युगौं पछाडि छौं किन…? जबसम्म हामीले हामीभित्र यी कुराहरुको खोज गर्न र सोध जान्न सकिन्नौं तबसम्म यहाँ बागमती प्रदेश बन्छन्….अपराध गर्ने अपराधीहरु आफै हुनु र पूनः अपराध अन्त कतै खोज्नु जस्तै मात्र अहिले हालि मुहालि छ । यो हामीले आफैलाई मारेर भए पनि त्यसको समाधान खोज गर्नुपर्छ । अनि मात्र ःऋऋ पनि आउँदैनन्, बागमतीले पनि मेरो पहिचान सफा हो नामाङ्कन होईन् आफै चिच्याउने छन् नै । बागमतीको लागि संसदमा बहस हुनुपर्छ त्यो सफाको लागि मात्र हुनुपर्छ यो सबैलाई ज्ञात भएकै कुरा हो । तर पनि प्रदेशै बनाउनु पर्छ बागमती किनारको पशुपति चिच्याए जस्तै संसदको आवाज हुनु आफैमा दुःखदायि कुरा हुन् । र त्यसको स्विकार्यतामा मौन जनता हुनु आफैले आफ्नै मुहारमा कालो मोसो दल्नु हो । आमाको बलात्कारमा सन्तान मूकदर्शक बन्नु हो ।

अन्तमा, पृथ्वी नारायण शाहलाई पुष २७ मा थुक्नु भन्दा उत्पीडन र जातिय पहिचानको लागि सानो कसरत यही दिन गरेको भए आज बागमती प्रदेशको जन्म हुने थिएन् । ःऋऋ आउँछु भनी आफ्नो शिर ठाडो गर्ने आँट गर्ने थिएन् । अफसोच पुष २७ मै फेरि किन भन्ने प्रश्न तेर्सिन आउँने गरि नेवा ताम्सालिङ्गको छातीमा बागमती बर्जिन आएको छ । अब कसलाई, कति दिन फेरि यस्तै थुक्ने ? अनि थुक्छ भनी कहाँ कहाँ अब फेरि प्रहरी सैनिक तैनाथ गर्ने….? के हामी नेपालीहरुसँग यस्तै पहिचान र उत्पीडनकै लागि मात्र समय छ, हो ?
आम नेपालीहरुको रगतको करले परिपोषण भएका रक्षकहरु यस्तै पहरेदार हुन हो त ? विश्वको सर्वोत्कृष्ट संविधान दास गुलाम बन्न मात्र हो त ? यदि जवाफमा होईन् भन्ने सोच राख्ने हो भने सर्वप्रथम एक इन्च जमिनको लागि एउटै कोखमाथि गर्ने ज्यादति विद्रोह त्याग्ने शान्ति हामीसँग हुनुपर्छ । नमिलेका इतिहास कहाँ कुन पन्नामा सच्याएर हुन्छ सच्याउन छोडेर अभिषापित मनशायले कसैलाई थुक्नु कतिको जाति अब पनि हामीले सोच्न सकिएन् भने हामी पुनः बागमतीकै शिकारमा हुन्छौं नैं । सानो भन्दा सानो झगडामा कसैको नाकमुख फुटाउने हामी युद्धमा राष्ट्रिय नाचगान होस् हामी किन यसरी आफु विरुद्धको शंखनाद फुक्न तयार छौं आखिर किन…किन हामी आफ्नो आङको भैसी र अरुको आङको जुम्रा एउटै हो भन्नेतिर छौं ।

किर्तिपुर, काठमाण्डौ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button