विश्व

परवेज मुसरर्फलाई मृत्युदण्ड दिने फैसला उल्टियो

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफमाथि देशद्रोहको आरोपमा सुनाइएको मृत्युदण्डको सजाय रद्द भएको छ । गत १७ डिसेम्बरमा विशेष अदालतले पाकिस्तानको संविधानको धारा ६ बमोजिम मृत्युदण्डको फैसला सुनाएको थियो ।

मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सजाय विशेष गैरकानुनी भन्दै लाहोर हाईकोर्टले सजाय खारेज गरेको हो । लाहोर हाईकोर्टले उनीमाथि सुनाइएको सजाय प्रक्रियागत नभएको जनाउँदै धारा ६ मा गरिएको १८ औं संसोधनअनुसार यस्तो सजाय दिन नसकिने ठहर गरेको छ ।

पाकिस्तानका पूर्व सैन्य शासक समेत रहेका उनलाई २००७मा पाकिस्तानमा कु गरेर शासन सत्ता हत्याएको आरोपमा लाहौर विशेष अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठको अध्यक्षतामा विशेष अदालतका तीन सदस्यीय इजलासले मृत्युडण्डको सजाय सुनाएको थियो- एजेन्सी

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button