विशेष

माघको एक गते सम्झनामा: मेरो प्रिय लाग्ने शब्द खोसिएको दिन

सुजन न्यौपाने : कति मिठो शब्द, छ र प्रिय लागने शब्द,छ तर त्यही शब्द उच्चारण ग्रर्दा बित्तिकै मेरो मन लाई झस्काउदै भाबुक बनाउन्छ , हो त्यहि शब्द हो आमा आमाको याद ले सताईरहेको हुन्छ मानसपटलमा हरेक समय चाहे त्यो सुख होस या दुख होस । अझ भनु माघ १ हो यो दिन सबैको हर्ष को दिन हो तर मेरो नियती यो दिन ग्रहण लागे जस्तै अध्यारो दिन हो । मेरी आमा सहनशीलताको प्रतीक हुनुहुन्थ्यो, सुख अनि दुःख कष्ट पनि खेपन सकनुहुन्थ्यो ।

मेरो बुवा गुल्मीको पल्लिकोट स्वास्थ चौकिमा ग्रसाका हुनुहुन्थ्यो आमा घरकै काम गर्नुहुन्थ्यो तिन ओटा बैनि र म थियौ म पछिल्लो समय गुल्मी सदरमुकाममा माईलो अंकलकोमा बस्थे फोटो र भिडियोको काम ग्रर्थे समय समयमा घर जानि आउने हुन्थ्यो गाडि मा आदा घण्टा चडेपछि १५÷२० मिनेट हिडेपछि घर पुगिन्थ्यो प्रार्य कामकै सिललिलामा गुल्मीमै हुन्थ्य फोटो ग्राफि को काम गर्दै थिए मलाई रामो संग थाहा छ हामिलाई एक हप्ता जतिको भिडियो प्याकेज अएको थियो गुल्मीका विभिन्न ठाँउमा भिडियो छायाँङकनको लागि जानु पर्ने थियो । र म अर्को दिन क्यामेरा बोकि हिडे अन्तीम दिन गुल्मीको नेटा दर्लिङ को कार्यक्रम सकि तम्घास फर्के अनि हामिले अव आफै मिक्सिङ्ग राखने भनेर सल्ला भयो अंकल र मेरो म घर गई सल्ला गरि कपडा लिएर आउछु भन्दै हिडे सफ्टवयर लिन अनि सिक्न बुटवल जानु पथ्यो म घर गएर आमालाई कुरा सुनाए आमा सारै खुसि हुनु भयो म गाँउतीर साथिभाई भेटन झरे घर आउदा आमाले आझ टाउको दुखेको भन्नुभयो मैले बारितिर जानु भएकोहोला चिसो भयो भनि सिटामोल निकालि खान दिए ।

एकैछिन पछि बान्ता सुरु भयो म फेरी मेडिकलमा गई बान्ता रोक्नी दबाई लिआए रातिमा ५÷६ चेटि बान्ता भयो अर्को दिन तम्घास लिएर आए त्यापनि नरोकिएपछि बुवा लाई खवर गरे र राती नै बुवा माईलो बुवा माईजु र म भएर आमालाई लिएर पाल्पा गयौ त्याहाँ ए मराई गर्ने पर्छ टिउमरको संका छ भनेपछि त्याबाट सिधैँ बिर अस्पताल लगेउ बिर अस्पताल पुराउदा शुभचिन्तकहरु भरिसक्नु भएको थियो आमा छटपटाउदै हुनुन्थ्यो तर त्याहाँका क्रर्मचारि सिस्टम सिस्टम भन्दै थिए अति नै भएपछि त्याबाट मोडल हस्पिटल पुरायौ बेडै खालि नभएपछि केयम्सी मा लगेउ केहि औषघि दिएपछि कमि भयो र लाग्थ्यो अव दिन चारमै ठिक हुन्छ तर सोचे जस्तो भएन यमराई गर्नु पर्यो बेरेन मा टिउमर देखा पर्यो हामि माझ बादल्ले छेकेजसरी सबै सपना हरु उडे डक्टरले ठिक पनि हुन सक्छ भन्दै सहानुभुति दिदै थिए ।

अपरेसन पनि भयो तर सम्भव थिएन थेरापिको लागि बिर अस्पतालमा लिएर आयौं मलाई थाहाँ भईसको अब आमालाई हामि बचाउन सक्देनउ मनभित्र जति नै पिडा भएपनि आमालाई सधै हसाउने प्रयास गर्थे आमालाई थाहाँ नै दिएका थिएनउ कसैले केहि भन्छकि भनि म आमाको बेडनै छोडदिनथे बिर हस्पिटलको बसाइे दिनै नर्सहरु संगको झगडा र आफनो तनापले मन नै बिगरिएको थियो केहि समय पछि थानकोटमा रहेको हस्पिट मा सारेउ हस्पिटल परिवारको मायाँले आमालाई निको हुन्छ जस्तै लाग्थ्यो हस्पिटलको समए लामो हुदै थियो । डक्टरहरुले बडिमा १ बर्ष नत्र छ महिना हो भन्दै टाईम दिएका थिए आमाको बुझने र सोचने सक्ती कम हुदै थियो दिन घटदै थिए घरमा बैनि सानै थिए यतिकैमा परिस्थितीले अर्को मोड लियो घरको समस्याले म नै बैबाहिक बन्धनमा बाधिनु परो म हारन सकिन आमालाई हेर्दै र बैनिहरु बुवा लाई सम्झदै हुन्छ भन्न बाध्य बने बिवाह गरि हस्पिटलमै पुगे कमै हुन्छन होला हस्पिटलमा बेहुलि भित्राउने त्यसमधेको म पनि एउटा हु हामि बिवाह बन्धनमा बाधिएपछि आमाको सियार सुसारमै लागि परेका थियोै आमा खुसि हुन्थ्यो धेरै बुझने कम बोल्ने गर्नुहुन्थ्यो मलाई कता कता संका लागिरहेको थियो ।

आमालाई आफनो रोगको बारेमा थाहाँ त पाउनु भएन मलाई त्यो दिनको याद निकै आउछ आमाले भनेको त्यो शब्द अझ भनु जव म घर पुग्छु त त्यहि शब्दले मलाई पछाई रहेको हुन्छ र सोच्छु साच्चैं यति पछिको कुरा कसरि अनुमान लगाउनु भएको होला भनि म त्यो दिन हस्पिटलको झ्यालमा उभिएर थानकोट माथिको चन्द्रगिरि जाने बाटोको जङगल हेरिरहेको थिए त्यहि बेलामा आमाले बाबु एता आईजत भन्नु भयो म आए र र मसंग केहि त्यस्तो शब्द भन्नु भयो म आमालाई होईन होला हुदैन १ त्यस्तो मात्र भने र कुरा टारी दिए र फेरी जुस्को बटाबाट गिलासमा जुस हालेर जुसखाने बेला भयो भनेर जुस खुवाए मलाई अच्चम लाग्यो आमा ले भनेको कुरा म सोचि रहे र अन्तीम मा सोचे कि आमा बडबडाएर होला म अहिले पनि हस्पिटलको त्यो बसाईमा मेरी आमा जिबित हुँदा र आमा संग बिताएको सबै कुरा सम्झन्छु ।

उहाँले गर्नु भएको दुस्ख र त्यो बेला सहनु भएको पिडाहरु अहिले पनि मेरो मनमा ताजै छ मानसपटलमा बारम्बार ठोकिरहेको छ , यि सबै कुराहरुको अहिले विश्लेषण गर्दा धेरै अर्थमा अर्थ लाग्छ होला मेरी आमा अरु भन्दा निकै फरक हुनुहुन्थ्यो । त्यो बेला मेरी आमा नै हाम्रो लागि सबै हुनुहुन्थ्यो । आमाले गरेरका कुरा हरु निकै गहकिला लाग्थे , हस्पिटलको शैयामा बसेको पनि ५ महिना बिति सकेको थियो नयाँ नयाँ अनुहार आउन्थे कति संग परिचय नगरदै गहि हाल्थे कति म जस्तै लाबो समए हस्पिटलमा बस्ने आउथे हाम्रो दिन चरिया पनि हस्पिटलमै बितेको थियो भक्खरै बिवाह गरि लियाएको थियो बिवाह कसरि भयो भन्नी संम्म थाहा थिएन रक्सिको मातले भन्दा बडि आमाको पिरले घुमाएको थियो ।

म कहिलेकाहि उनिसंग सोध्थे हाम्रो बिवाह कुन पाटिप्यालेस बाट भएकोरे अनि ए ए भन्थे दिनहरु बित्दै थिए त्यतिकैमा पुस सकेर माघ लागेको थियो त्यो दिन आमालाई निकै बडि गरायो थाहाँ थियो हामिले आमा गुमाउदै छौं भनेर बिस्तारै थानकोटमा रहनुभएका आफन्तलाई खवर गरेउ संजोक त्यो दिन गाँउबाट माईलाबुवा त्यहि पुग्नु भएको थियो उहाँलाई देखेर आधार बडयो उहाँले जानकारी गराउनु भयो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button