समाज

प्रहरीद्वारा दुर्गा प्रसाईंको खोजीकार्य तिब्र

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा दुर्गा प्रसाई विरुद्ध उजुरी दिनु भएको छ ।

उजुरी दर्ता लगतै भक्तपुर प्रहारीले प्रसाईलाई पक्राउको लागि कानूनी प्रकृया पूरा गरी प्रसाईको खोजीकार्य तीब्र पारिएको प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभएको छ ।

बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले केही दिन अघि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई २० करोड घुस मागेको आरोप लगाएका थिए ।

सो आरोप तथ्यहीन भएको र आफ्नो मानहानी भएको भन्दै प्रसाईबिरुद्ध गिरीले महानगरीय प्रहरी परिसर भक्तपुरमा हिजो माघ १ गते निवेदन दिनु भएको पनि थापाले बताउनुभयो ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button