प्रदेश ३

दोलखामा गएको बुधबार जिल्लाका २० पर्यटकीय गन्तव्य नामक पुस्तक सार्वजनिक

दोलखा : बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले पर्यटन बर्ष २०२० को अवसरमा जिल्लाका २० पर्यटकीयस्थललाई समेटेर तयार पारेको पुस्तक ‘प्रदेय’ सार्वजनिक गरेको हो ।

जिल्ला समन्वय समिति दोलखाका संयोजक एवम् नेपाल भ्रमण बर्ष २०२० का दोलखा जिल्ला संयोजक डबल पाण्डेले पुस्तक सार्वजनिक गरेका हुन् ।

प्रदेयमा दोलखाको कालिञ्चोक, भीमेश्वर, शैलुङ, जिरी, च्छोरोल्पा, लप्ची गुम्बा लगायत २० वटा पर्यटकीय गन्तव्यको परिचय, विशेषता, भौतिक अवस्था, सामाजिक मान्यता, सांस्कृतिक अवस्था आदि समेटिएको बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिका संरक्षक एवम् सञ्चारकर्मी चिरञ्जीवि मास्केले जानकारी दिए ।

व्यक्तिगत एकसय र संस्थागत पाँचसय मूल्य तोकिएको पुस्तकले दोलखाका मुख्य पर्यटकीय गन्तव्यहरुको बारेमा लेखहरु प्रकाशित गरेको छ ।

पुस्तकमा चरिकोट आसपासका सम्पूर्ण होटलहरुको विवरण समेत प्रकाशन गरिएको प्रकाशक मास्केले जानकारी दिए ।

पुस्तक सार्वजनिक कार्यक्रमको अवसरमा बिष्णुलक्ष्मी साहित्यिक पुरस्कार समिति दोलखाले युवा गीतकार रमेश दाहाललाई १० हजार नगदसहित बिष्णुलक्ष्मी–तुलसीमाया साहित्य सम्मान २०७६ बाट सम्मानित गरेको छ ।

दोलखा संम्वादाता

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button