राजनीति

तुम्बाहाम्फेले भोलि राजिनामा दिने

काठमाण्डौ : प्रतिनिधिसभा उपसभामुख शिवमाया तुम्बाहाम्फेले सोमबार राजीनामा दिन तयार भएकी छन । केहीदिन अघिसम्म आफुले कुनै हालतमा राजीनामा नदिने अडानमा देखिएकी तुम्बाहाम्फेको वेवास्ता गदै पार्टीले अग्नी सापकोटालाई सभामुख बनाउने निर्णय गरेपछि राजीनामा दिन तयार भएकी हुन । उनले आईतबार सापकोटाको नाममा पार्टीको निर्णय भएलगत्तै प्रधानमन्त्रीको समय मागेर भेट्न बालुवाटार पुगेकी थिईन । भेंटमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग उपसभामुख तुम्बाहाम्फेले आफुले तुरुन्त राजीनामा दिने तर आफुलाई कतै व्यवस्थापन गरिदिन आग्रह गरेको स्रोतले जानकारी दिएको छ। उनको आग्रहपछि प्रधानमन्त्री ओलीले कुनै मन्त्रालयमा व्यवस्थापन गर्ने सकिने आश्वसन दिएका थिए । नयाँ सभामुखको निर्वाचनका लागी भोली बस्ने प्रतिनिधिसभाको बैठकमा उनले राजीनामा दिने र ज्येष्ठ सदस्यले सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी छ । तुम्बाहाङफे ०७४ साल चैत्र २ गते प्रतिनिधिसभामा उपसभामुख निर्वाचित भएकी थिइन्

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button