प्रदेश ५

पोखरीमा डुबेर दुई बालिकाको ज्यान गयो

अर्घाखाँची – अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ शान्ति बगैचाको पोखरीमा डुबेर २ बालिकाको ज्यान गएको छ।

शान्ति बगैचाभित्र खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका दुबै जनाको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा ज्यान गएको जिल्ला अस्पतालले जनाएकाे छ ।

ज्यान जानेमा अर्घाखाँचीको मालारानी ८ घर भएकी ५ वर्षीय कृष्टिना महत र प्युठान नगरपालिका घर भइ अहिले सन्धिखर्कमा बस्ने ४ वर्षीय वर्षा थापा रहेकाे प्रहरीले जनाएकाे छ ।

दुबै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको खबर अर्घाखाँचीबाट मधूसूदन पाण्डे ले सम्प्रेषित गर्नुभएको छ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button