थप

जाम्बियाका पूर्व राष्ट्रपतिसंग एनआरएनए अफ्रिका संयोजकद्वारा भेटवार्ता

जाम्बिया : अफ़्रिकन मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केनेथ काउन्डा सङ्ग एनआरएनए अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले आज उनकै निवास लुसाकामा भेटवार्ता गरेका छन । भेटमा थापाले नेपालको बारेमा संक्षिप्त जानकारी गराउनुका साथै नेपालको बर्तमान प्रगति र अफ्रिका नेपाल सम्बन्धका बारेमा जानकारी गराएका थिए । साथै अफ्रिकामा रहेका नेपाली, तिनका लगानी र दुई देशको पर्यटन र लगानी अबसरका बारेमा स्म्मेत छलफल भएको थियो। छलफलमा पूर्व राष्ट्रपति काऊन्डाले नेपाल- जाम्बिया सम्बन्ध विस्तारको बारेमा आफूले पहलकदमी लिने बताएका थिए। स्मरण रहोस- उनको नेतृत्वमा जाम्बिया स्वतन्त्र भए लगत्तै सन १९६४ देखि १९९१ सम्म उनि जाम्बियाका रास्ट्रपति रहेका थिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button