कला साहित्यजागरण भिडियो

राष्ट्रियताको भावनाले ओतप्रोत `यो ज्यान मेरो नेपाल´ बोलको गीत सार्वजनिक

अभिनय कार्की //
बिदेशी हस्तक्षेपलाई नसहने र अतिथी देवो भवः लाई आत्मसात गर्ने हरेक हामी नेपालीको एउटै आवाज यो ज्यान मेरो नेपाल बोलको राष्ट्रप्रेमले ओतप्रोत गीत सार्बजनिक भएको छ। मिसन इन्टरटेन्टमेन्ट प्रालीको प्रस्तुति रहेको यस गीतमा गीतकार तथा गजलकार महानन्द ढकालको उत्कृष्ट शब्द,स्वर रहेको उक्त गीतमा संगीत बि.पि. वाग्लेको रहेको छ। भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरीको रहेको छ भने परिकल्पना तथा निर्देशन नारायण तिमल्सिना ‘गोर्खाली ’ को रहेको छ।

देशभक्ति गीत संगीतले सम्पुर्ण देशबासीबिच एकता र राष्ट्रियताको भावना उजागर गरिरहेको हुन्छ भने यस गीत र भिडियोले अहिलेको नेपालको वास्ताविक अवस्थालाई भिजुअल ग्राफिक्सको माध्यमले सम्झन र बुझाउन सरल बनाईदिएको छ । साथै अन्य देशभक्ति गीत भिडियो भन्दा अलि फरक स्वाद दिन निर्माण संस्थाले हर सम्भव कोशिस गरेको देखिन्छ ।

प्रस्तुत देशप्रेमले ओतप्रोत गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button