कर्णाली प्रदेश

टिपरले किच्दा एक पैदलयात्रुको मृत्यु

पछिल्लो समय टिपरले मानिसको अकालमै ज्यान लिने गरेको छ । केहि दिनमात्र कञ्चनपुरमा एक युवतिको ज्यान लियो र त्यहाँ पनि निकै तनाव भयो । लाउलाउ भन्ने उमेरमै युवतीले ज्यान गुमाउन पर्यो । यता आज वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत गौतमचोक नजिक टिपरले किचेर एक युवकको मृत्यु भएको छ ।

कालीकोट महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहलाई आज बिहान टिपरले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए । उनका अनुसार सिंह सवार रहेको भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ को टिपरले ठक्कर दिएको थियो ।

मृतकका आफन्तले यरिचौक र गौतमचोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिइको र मृतक परिवारलाई शव बुझाउन छलफल भइरहेको जनाएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button