कर्णाली प्रदेश

सुर्खेतमा गोली चल्यो, ८ घाईते, भोलि बिहान ६ बजेसम्म कर्फ्यू

सुर्खेतको वीरेन्द्रनगरमा टिप्परले किच्दा एक जनाको मृत्यु भएपछि चर्किएको आन्दोलनका क्रममा प्रहरीले गोली चलाएको छ।

वीरेन्द्रनगरमा टिप्परकाे ठक्करबाट एक जनाको ज्यान गएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले गोली चलाएको बताईएता पनि जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी दिल्लीराज पन्तले आफूहरुले गोली नचलाएको स्पष्ट पारेका छन।

यद्यपि प्रदर्शनमा गोली लागेर करिब ८ जना प्रदर्शनकारी र २२ जना प्रहरी घाइते भएको प्रमूख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिएका छन। घाइतेहरुकाे स्थानीय सुर्खेत हस्पिटल र प्रदेश अस्पतालमा उपचार भइरहेको खबर स्थानीयले जानकारी दिएका छन्।

भिडले उग्र रुप लिएपछि नियन्त्रण गर्न आफूहरुले अश्रु ग्याँस र हवाई फायर मात्र गरेका छौं, तर त्यसरी गोली हानेका छैनौँ। भिड ठूलो भएकाले घुसपैठ भएकाे हुनसक्छ । अज्ञात समूहले गोली चलाएको हुन सक्छ । त्यसैले हामीले कर्फ्यु लगाएका हौँ ।’ एसपी पन्तले भने।

जिल्ला प्रशासन कार्यालयमा साँझ साढे ६ बजेदेखि भोलिबिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाएको छ । आक्रोशित भएका आफन्तहरुले वीरेन्द्रनगर बजार बन्द गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका छन्। उनीहरुले वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका सार्वजनिक स्थलहरुमा तोडफोड समेत गरेका छन् ।

बिहान वीरेन्द्रनगरको जुुम्ला रोडमा टिप्परकाे ठक्करबाट कालिकोट महावै गाउँपालिका-३ का २० वर्षीय केशर सिंहको ज्यान गएको थियो । मृतक सिंह चढेकाे भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरकाे टिप्परले ठक्कर दिएको थियो ।

टिप्पर चालकलाई कडा कारबाही तथा क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरिरहेका पीडित पक्ष र प्रशासनबीच केहीबेर अघिकाे छलफलमा तीन बुँदे सहमति भएकाे छ ।

टिप्पर चालकलाई हदैसम्मकाे कारबाही हुनुपर्ने, क्षतिपूर्ति दिइनुपर्ने र शवकाे पाेस्टमार्टम गर्ने सहमति भएकाे हाे ।

शवकाे पाेस्टमार्टम बाहेका अन्य दुई बुँदामा पीडितहरुले चित्त बुझाएका छैनन् । प्रदर्शनका क्रममा बजारका शिशा तथा सीसी क्यामेराहरु फुटाइएका छन् भने क्षतिकाे यकिन विवरण भने आइसकेकाे छैन।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button