अर्थ बजारखेलकुद

गुल्मीमा १५ हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला बन्दै

गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री गोकणराज बिष्टले आफ्नो निर्वाचन क्षेत्रमा निकै ठूला–ठूला महत्वाकांक्षी योजनाहरु अगाडि सार्नु भएको छ । ती मध्ये एक हो ईस्मा गाउँपालिका वडा नम्वर–६ , राङदालको चौरमा बन्न लागेको शहीद लखन थापा अन्तर्राष्ट्रिय रंगशाला ।

गत आर्थिक बर्षको पहिलो चरणमा मैदान समथल पार्ने र दुवो रोप्ने काम सुरु भईसकेको छ । १ सय ५ मिटर लम्वाई र ६८ मिटर चौडाईको मैदान सम्याएर सकिएको छ भने दुबो रोप्नु पूर्व गर्नु पर्ने मापनका लागि काठमाण्डौबाट मैदान निर्माणको जिम्मा पाएको सुनकोशी अभियान जे.भीको टोली आएर फर्किसकेको छ ।

कर–भ्याट बाहेक पहिलो चरणको कामका लागि २ करोड ८० लाखमा २०७५ साल चैत ७ गते सम्झौता भई २०७६ चैत ७ गते सम्पन्न हुने उल्लेख छ । त्यसको एक महिना अघि नै पहिलो चरणको काम सम्पन्न गरिसकिने निर्माण कम्पनीका प्रमुख गशेण आचार्यले जानकारी दिनुभयो ।

निर्माण कम्पनीका प्राविधिक दिनेश बस्यालले तयार पारेको डिपीआर अनुसार यस भेगकै बिशाल र निकै आकर्षक रंगशाला बन्दै छ । रंगशाला वरिपरिको वातवरण देखि रंगशाला भित्र अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न बातवरण हुने छ । परिषद कै अर्का प्राविधिक माधव देवकोटाले पहिलो चरणको काम सके लगत्तै दोश्रो चरणमा थप कार्य हुने बताउनुभयो ।

सदरमुकाम तम्घासदेखि २० किलो मिटर दुरीमा पर्ने त्यस स्थान विशाल समथल चौर र रातो माटोका लागि धेरै बर्षदेखि आन्तरिक पर्यटकीय स्थलकोरुपमा चर्चित क्षेत्र हो । १५ हजार दर्शक क्षमताको रंगशाला डिजाईन अनुसारको सम्पन्न गर्न थप केही बर्ष लाग्ने साईड ईञ्चार्ज समेत रहेका खेलकुद परिषदका प्राविधिक देवकोटाले बताउनुभयो ।

‘कति छिटो सक्ने भन्ने कुरा सरकारले छुृट्टाउने बजेटमा भर पर्छ’– प्राविधिक देवकोटाले भन्नुभयो–‘ सरकारले आबश्यक बजेट छिट्टै विनियोजन गरे छिट्टै सम्पन्न हुने छ । ’ परिषद कै अर्का प्राविधिक श्यामकृष्ण श्रेष्ठले निकै आकर्षक रंगशाला बन्न लागेकोले स्थानीय निकै उत्साहित हुँदै निर्माण कार्यमा सहयोगी भुमिका खेलेको बताउनुभयो ।

स्थानीय सरोकारवाला धनपति कुमालले रंगशाला बन्न थालेपछि त्यस नजिकै बजारीकरण सुरु हुन थालेको र राङदाल र माथि बुल्मका कुमाल समुदायको आर्थिक अवस्था पनि सुध्रिने अपेक्षा गरिएको बताउनुभयो । सुनकोशी अभियान जे.भीका प्रमुख आचार्यले दोश्रो चरणमा ढल निकास , ग्याबिङ्गवाल निर्माण लगायतको कामका लागि रकम विनियोजन भई सकेको बताउनु भयो । देवकोटा कै निर्माण कम्पनीले नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद गत बर्ष सम्पन्न हुने गरि रंगशाला निर्माण गरेको थियो । प्रदेश ५ को दाङ्गमा पनि सोही कम्पनीले राङ्गदाल कै जस्तो अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्दैछ ।

राङदालमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनेपछि जिल्लामा खेल पर्यटनको पनि विकास हुने र बिशेष गरी ठूलो संख्यामा गरिवीको रेखा मुनि रहेको राङ्गदाल र वुल्मका कुमाल समुदायको मुहार फेरिने पूर्व मन्त्री बिष्टको अपेक्षा रहेको छ । तम्घास , सिमलटारी , प्युठान पुर्कोट दह सडक खण्ड मध्ये सिमलटारी सम्म कालोपत्रे भएपछि त्यस सडक खण्डको ठाउँ ठाउँमा बजारीकरण सुरु भई स्थानीयवासी स्वरोजगार बन्न थालेको खबर हामीले न्यूज 24 नेपाल बाट लिएका छौं।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button