प्रदेश ५

नेकपा नगर विभागीय कमिटिको सपथ ग्रहण

बुटवल : नेपाल कम्युष्टि पार्टी(नेकपा) बुटवल उपमहानगरपालिका अनर्तगतका ३३ वटा विभागीय संगठनको सपथ ग्रहण कार्यक्रम गरिएको छ । नेकपा सचिवालय बुटवलमा आयोजना गरिएको सपथ ग्रहण कार्यक्रममा नेकापा प्रदेश ५ का कार्यालय सचिव बलराम अधिकारीले सथप ग्रहण गराएका हुन ।

नेकपा बुटवल उपमाहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानरपालिका अन्तर्गतका विभिन्न ३३ वटा विभागीय कमिटिको सपथ ग्रहण गराइएको हो ।

सोही कार्यक्रममा नेपाल कम्युष्टि पार्टी(नेकपा) बाट हालै मात्रै राष्ट्रीय सभा सदस्य मा निर्वाचित सदस्य पुर्व अञ्चल सचिव गोपाल प्रसाद भट्राईलाई बधाई तथा सम्मान प्र्रदान गरिएको थियो । उनलाई नेकपा नगर कमिटि अध्यक्ष बाबुराम पन्थी, प्रदेश कार्यालय सचिव बलराम अधिकारी, तेजेन्द्र केसी, नारायण खनाल लगायतले बधाई तथा शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य भट्राईले पार्टीको मर्मर भावना विपरित कुनै पनि कार्य नगर्ने प्रतिविद्धता जनाएका थिए । उनले भने–‘पार्टी प्रति वाफादार हुदै जहिले पनि देश र जनताको सेवामा आफ्नो कार्यकाल विताउने छु ।

संसदिय अभ्यास मा आफ्नो प्रवेश नयाँ भएको भन्दै नेता भट्रराई पार्टीको निष्ठावान कार्यकर्ता बनेर चिनिने समेत बताएका थिए ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button