विश्वस्वास्थ्य

कोरोना भाईरसविरुद्धको खोप उत्पादन गर्न अलिबाबाले दियो डेढ करोड डलर सहयोग

बेइजिङ : चिनियाँ कम्पनी अलीबाबाका संस्थापक ज्याक माको ‘ज्याक मा फाउन्डेसन’ले कोरोना भाइरसविरुद्धको खोपका लागि १ करोड ४४ लाख अमेरिकी डलर दिने घोषणा गरेको छ ।

अनुसन्धान गरी नयाँ खोपको विकास गर्न सो रकम अनुदान दिने ज्याक मा फाउन्डेसनले जनाएको हो । फाउन्डेसनले यो अनुदानले मानवीय सहयोग हुने विस्वास लिएको छ । यद्यपि खोप निर्माण गरी विश्वव्यापी रुपमा खोप वितरण गर्नु चुनौतीपूर्ण रहेको फाउन्डेसनको भनाइ छ ।

अलिबाबा समूहले यसअघि नै चीनलाई चिकित्सा सेवाका लागि १ अर्ब चिनियाँ युआन दिने घोषणा गरिसकेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button