प्रदेश ५समाज

९ बर्षिया छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला

जिल्ला अदालत अर्घाखाँचीले नौ वर्षीया छोरीलाई जबर्जस्ती बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाएको छ।

अर्घाखाँची जिल्ला शीतगंगा नगरपालिका–४ का एक व्यक्तिले आफ्नै छोरीलाई जबर्जस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा सो फैसला गरेको हो।

जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्मकैदको फैसला भएको निमित्त स्रेस्तेदार नारायणबहादुर भट्टराईले बिहीबार जानकारी दिए।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button