अर्थ बजार

अब सामाजिक संजालमा बिज्ञापन गरे मुद्रा अपचलनको मुद्धा लाग्ने

फेसबुक, ट्विटर, युटुव, गुगल जस्ता सामाजिक सन्जाल तथा इन्टरनेटमा गरिने विज्ञापन गैरकानुनी हुने भएको छ।

नेपाल राष्ट्र बैंकले शुक्रबार सूचना निकाल्दै सामाजिक संजालमा गरिने विज्ञापनमा अनौपचारिक माध्यामबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी रहेको बताएको हो।

सामाजिक सञ्जालमा विज्ञापन गर्दा डलरमार्फत भुक्तानी हुन्छ। यसकै प्रयोजनका लागि नेपालमा डलर सटही गर्ने र नेपालकै माध्यमबाट भुक्तानी गर्ने सुविधा छैन। जसले गर्दा देशबाहिरकै माध्यमबाट सामाजिक सञ्जालमा विज्ञापन हुने गरेको छ।

यसरी विज्ञापन गरेवापत भुक्तानी हुने रकम अनौपचारिक हुने भन्दै राष्ट्र बैंकले कडाई गर्न खोजेको छ।

नेपाल राष्ट्र बैंककाअनुसार त्यस्तो कारोबारबाट विदेशी विनियम अपचलन हुने भएकोले कसैले त्यसरी कारोवार गरेको पाइएमा विदेशी विनिमय ऐन, २०१९ र प्रचलित कानुनबमोजिम कारवाही हुनेछ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button