गण्डकी प्रदेश

गोर्खा पछि तनहुँमा टिपर आतंक, स्कूटरलाई ठक्कर दिंदा एकको मृत्यु, एक घाईते

जिल्लाको बागभञ्ज्याङमा टिपरको ठक्करले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

ज्यान जानेमा हुनेमा चितवनको भरतपुर नगरपालिका(६ गीतानगरका ४६ वर्षीया अनिता पाठक रहेकी छन् । उनको श्रीमान् ४९ वर्षीय कृष्ण पाठक घाइते भएका छन् ।

दमौलीबाट भोर्लेटारतर्फ जाँदै गरेको ग।१ख ८६७८ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको ना।३९प ५०० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकको ज्यान गएको र एकजना घाइते भएका हुन् ।

ठक्करबाट घाइते भएकी अनिताको दमौली अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करमा परेका श्रीमानको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरीले टिपर चालक प्रहरीको नियन्त्रणमा लिइसकेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button