प्रदेश १

सुनसरीमा बस र माईक्रो ठोक्कियो, ४ जनाको घटनास्थलमैं मृत्यु

सुनसरीमा माइक्रो र यात्रु बस एकाआपसमा ठोक्किदा चारजनाको मृत्यु भएको छ । दुर्घटनामा परी छ जना यात्रु घाइते भएका छन् ।

सुनसरीको तितृबनामा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ ।

इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

घटनामा माइक्रोबसका चालक दिपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज दाहाल र ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

एकजना घाइतेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि ल्याउँदै गर्दा बाटैमा मृत्यु थियो । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक विजय दाहालले उनको पहिचान खुल्न बाँकी रहेको बताए ।

घाइतेहहरुको धरान र इटहरीका अस्पतामला उपचार भइरहेको प्रहरीले जनाएको छ । वीपी प्रतिष्ठान धरान लगिएका थप दुईजनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button