समाज

बिराटनगर-१२ स्थित उँखुबारीमा महिलाको शव फेला पर्यो

मोरङको बिराटनगर-१२ स्थित उंखुबारीमा एक युवतीको शव भेटिएको छ। उक्त शव घाँटी काटेको र सलले बेरेको अवस्थामा फेला परेको हो। उंखुबारीमा उक्त शव कस्ले लिएर आयो र के कारणले महिलाको हत्या भयो भन्नेबारेमा अझै पुष्टी नभएको मोरङ प्रहरी जनाएको छ भने हत्या गरि फालिएको अवस्थामा भेटिएको शव उखुबारीमा हत्या गरी फालीएको शव सुनसरी दुहबी नगरपालिका ६ कि स्थानियबासी सम्झना खत्री परियारको रहेको पुष्टी भएको छ भने उनका श्रीमान बिकास परियार इलाममा टेलर्स ब्यवसाय गर्दै आइरहेका थिए। बिकासले श्रीमतीको शवलाई पहिचान गरेको प्रहरीले जनाएको छ प्रारम्भिक अनुसन्धानका क्रममा दोस्रो ब्यक्तिसँग अफेयर चलेको र त्यही कारण ले गर्दा ज्यान गएको हुनसक्ने प्रहरीले जनाएको छ। उनी मंगलबार देखी हराइरहेकी थिइन। उनले लगाएको गहना साथमै रहेको पनि प्रहरीले जनाएको छ। हत्या गर्ने
व्यक्ति को खोजि भइरहेको खबर झापादेखि जागरणपोस्ट सहकर्मी विवेक गाहा मगरले सम्प्रेशित गरेका छन।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button