प्रदेश ५

नेफाको प्रथम साधारण सभा बुटवलमा सम्पन्न

मदन शर्मा
बुटवल : नेपाल जनस्वास्थ्य संघ (नेफा) प्रदेश ५को प्रथम साधारण सभा तथा भेला बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा संघको पछिल्लो एक वर्षका काम बारे समिक्षा गरिएको थियो । कार्यक्रममा सहभागीहरुले जनस्वास्थ्यको दरवन्दीको अवस्था, अन्य स्वास्थ्य संघ संस्थासँगको सहकार्य, जनस्वास्थ्य विषयको गुणस्तरमा वृद्धि लगायतका कुरामा जोड दिएका थिए ।

?

कार्यक्रममा प्रमुख अतिथी नेपाल जनस्वास्थ्य संघका केन्द्रीय महासचीव महेश्वर श्रेष्ठले जनस्वास्थ्य क्षेत्रमा केही वर्ष अगाडिको अवस्था र अहिलेको अवस्थामा धेरै कुराहरु परिर्वतन भएको बताउनुभयो । सुरुवाती चरणमा जनस्वास्थ्य विषयको २ वर्षे पाठ्यक्रम रहेकोमा अहिले ४ वर्ष भएको बताउँदै उहाँले विस्तारै पढाईको गुणस्तरमा वृद्धि भईरहेको बताउनुभयो । जनस्वास्थ्य विषय हरेक क्षेत्रमा चाहिने एक महत्वपूर्ण विषय भएपनि ओझेलमा परेको बताउँदै उहाँले पछिल्लो समयमा अन्य नर्सिङ्ग, स्वास्थ्य सहायक, फिजीयो थेरापी लगायतका क्षेत्रसंग समान व्यवहार भइरेकोमा खुसि लागेको बताउनुभयो ।

उहाँले अन्य स्वास्थ्य क्षेत्रमा जनस्वास्थ्य विषयक आधारभूत शिक्षाको कमि देखिएको भन्दै यसको विकासमा जनस्वास्थ्य संघले राम्रो गृहकार्य गर्नुपर्ने सुझाव दिनुभयो । अन्य स्वास्थ्य संघ संस्थासंग सहकार्य गरेर जनस्वास्थ्य क्षेत्रलाई अगाडि बढाउने आवश्यकता रहेको भन्दै उहाँले जनस्वास्थ्य क्षेत्रसंग सम्बन्धीत सबैजना एक हुनुपर्ने धारणा राख्नुभयो ।
प्रदेश ५को सामाजीक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा उमा शंकर प्रसाद चौधरीले संघले प्रदेशको स्वास्थ्य निती विकास गर्न महत्वपूण भूमिका निर्वाह गरेको बताउनुभयो । साथै आउँदा दिनमा जनस्वास्थ्य क्षेत्रलाई माथी उठाउन आफू निरन्तर प्रयासरत रहने धारणा राख्नुभयो ।

जनस्वास्थ्य संघ प्रदेश ५ कार्यसमितीका अध्यक्ष विशाल सुवेदीको अध्यक्षता तथा उपाध्यक्ष कृष्ण पोखे्रलको संचालन भएको सो कार्यक्रममा प्रदेश ५ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक दिनेश चापागाई, प्रदेश ५ जनस्वास्थ्य प्रयोगशालाका निमिक्त निर्देशक डा. राजेन्द्र गिरी, राष्ट्रिय जनस्वास्थ्यकर्मि संघ नेपाल प्रदेश ५ का संयोज राजकुमार पौडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ प्रदेश संयोजक धुर्व पोखे्रल, नेपाल नर्सिङ्ग संघ बुटवल ईकाई कमिटी अध्यक्ष कुमारी हरि केसि, महिला स्वयंसेविका संघकी केन्द्रीय अध्यक्ष शारदा पौडेल लगायत सय बढि जनस्वास्थ्यकर्मिको सहभागिता रहेको थियो ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button