चीनबाट उद्दार गरेर ल्याऊने नेपाली बिद्यार्थीलाई काठमाण्डौमा राख्न हुन्न: बिजुक्छे

जागरणपोस्ट २६ माघ २०७६, आईतवार १४:४७

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट उद्दार गरिने नेपालीलाई काठमाडौं उपत्यकामा राख्न नहुने बताएका छन् ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले काठमाडौंमा राखे महामारी फैलिने सम्भावना बढ्ने भएकाले उपचार गराएर निको पार्नुपर्ने सुझाव दिएका हुन्।
‘काठमाडौं उपत्यकाका चार ठाउँ र भक्तपुरको दुई ठाउँमा राख्ने भनेका छन् , काठमाडौंमा राख्नु हुन्न, महामारी फैलिने सम्भावना हुन्छ, बरु ती विद्यार्थीलाई उतै चीनमै उपचार गराएर निको पार्नुपर्छ’ उनले भने ।

अध्यक्ष विजुक्छेले कोरोना भाइरस लागेका संक्रमितको उपचारका लागि नेपाल सरकारसँग राम्रो तयारी नभएको बताउँदै चीनले सो भाइरसको संक्रमणलाई प्रतिरोध गर्न तीब्र गतिमा काम गरिरहेकाले विद्यार्थीलाई नेपाल फर्काउनु वुद्धिमानी नहुने समेत उल्लेख गरे ।

उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

अमेरिकाले विभिन्न देशसँग आफूले विविन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडि पनि अमेरिकाको हात रहेको हुन सक्ने आशंका गरे।

Facebook Comments

जागरण टिभी

ताजा अपडेट

सबै हेनुर्होस

सम्पादकीय

सबै हेनुर्होस

लुम्बिनी बिकास कोष – पवित्र धर्तीमा अपवित्र हर्कत !

सरकारले लुम्बिनी बिकास कोष को उपाध्यक्षमा चरम बिबादास्पद ब्याक्तिलाई नियुक्त गरेसंगै सरकारको चौतर्फी आलोचना भैरहेको छ। दलिय भागवण्डाको राजनितिले भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीलाई

Bijay Gyawali २२ श्रावण २०८०, सोमबार १२:४६

नक्कली भुटानी शरणार्थी प्रकरण : ओलीको अस्वाभाविक चलखेल

Bijay Gyawali २३ बैशाख २०८०, शनिबार २३:१७

तीन चुनाव , तीन सन्देश

Bijay Gyawali १३ बैशाख २०८०, बुधबार १४:३३

अन्तर्राष्ट्रिय महिला दिवस – दुर्गममा पिल्सिएका महिलाको क्रन्दन सुनियोस

Bijay Gyawali २४ फाल्गुन २०७९, बुधबार ०६:०६