प्रदेश ५

नाम्सद्धारा फागुन ३ गते बुटवलमा मार्केटिङ स्किल डेभलपमेन्ट ट्रेनीङ्ग

मदन शर्मा
बुटवल : नेपाल बजार बिक्री प्रतिनीधी संघ (नाम्स) लुम्बिनीले बुटवलमा मार्केटिङ स्किल डेभलपमेन्ट एण्ड लिडरसिप ट्रेनीङ्ग आयोजना गर्ने भएको छ ।

संघको आयोजनामा यहि फागुन ३ गते शनिवारका दिन बुटवल मिलन चोकमा रहेको डोल्से रेष्टुरेन्ट तथा लाउन्जमा हुने सो ट्रेनीङ्गमा एनएलपी बोर्ड अफ अमेरिकाबाट सर्टिफाईट प्रशिक्षक गोविन्द ज्ञवाली र राष्ट्रिय लिडरसिप टे्रनर तथा उद्घोषक गोपाल अधिकारीले सहजीकरण गर्ने संघका अध्यक्ष कमलराज पौडेलले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रमा रहेर सेल्स तथा मार्केटिङ सम्बन्धी काम गरिरहनुभएकालाई यो ट्रेनीङ्ग प्रभावकारी एवं फलदार्ई सावित हुने विश्वास लिईएको संघले जनाएको छ । कार्यक्रममा सहभागि भई लाभ लिनुहुन सम्पूर्ण इच्छुक तथा सम्बन्धीत क्षेत्रका जनशत्तिलाई संघले अनुरोध गरेको छ ।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button