प्रदेश १

दमकमा बस र ट्याक्टर एकआपसमा ठोक्किंदा ५ घाईते

दमकमा आज अपराह्नन रतुवा पुलमा बस र ट्याक्टर एक आपसमा ठोक्किदा ५जना घाइते भएका छन। पूर्बतर्फ जादै गरेको मे १ख २३६४नम्बर को बस र विपरीत दिशाबाट आउदै गरेको मे १त ६१५०नम्बर को ट्याक्टर आपसमा ठोक्किएका हुन्। दुर्घटनामा बसमा सवार रहेका केहि यात्रु घाइते भएका थिए। घाइतेहरुको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यलय दमकले जनाएको छ। दुर्घटना हुदा ट्याक्टरमा रहेका ढुंगा खसेर सडक मा पोखिदा केहिबेर सडक अबरुद्द भएको थियो भने गन्तब्य मा पुग्ने यात्रुले भने केहि घण्टा सास्ती भोग्नु परेको गुनासो हामीलाई बताउनु भयो। दुबै पक्षको सहमति मा अबरुद्द सडक अहिले सुचारु गरिएको इलाका प्रहरी कार्यलय दमक ले जनाएको छ- बिबेक गाहा

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button