प्रदेश १

ईटहरी प्रहरीद्वारा चोरीका ३६ थान मोवाईलसेट सम्बन्धितलाई फिर्ता

बिबेक गाहा

इटहरी- इटहरी प्रहरीद्वारा चोरीका ३६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता गरेको छ। जिल्ला प्रहरी कार्यलय इटहरीले विभिन्न ब्राण्डका ३६ वटा मोवाइल सम्बन्धित धनिलाई फिर्ता गरेको हो। प्रहरीले फिर्ता गरेको मोवाईलको बजार मूल्य ८लाख ३३हजार ६३०रुपैया रहेको बताईएको छ। इटहरी प्रहरीले आज एक कार्यक्रमका बिच इप्रका इटहरीका प्रमुख प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले मोवाइल सम्बन्धित धनीलाई फिर्ता गर्नु भएको हो इटहरी प्रहरीमा सिडिआर शाखा स्थापना भए संगै खोजतलास गर्ने क्रममा आजका मितिसम्म विभिन्न ब्राण्डका अन्दाजी बजार मुल्य ४६लाख ५३हजार ८९०रुपैया बराबरको र अरु १९५ वटा मोबाइल सम्बन्धित धनिलाई बुझाईसकेको जनाएको छ इटहरी प्रहरीले हालसम्म फेला पारी सम्बन्धित धनिलाई २३१वटा मोबाइल बुझाएको र यसको बजार मुल्य ५५लाख ८३हजार ५२०रुपैया रहेको प्रनाउ भण्डारीले जानकारी दिनु भयो भने मोबाइल खोजतलास तथा अनुसन्धानको क्रममा मोबाइल सेट चोरी गर्ने १०जनालाई चोरी गरेको मोबाइल सेटसहित पक्राउ गरी मुद्दासमेत चलाएको भण्डारीले बताउनु भयो।

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button