प्रदेश ५समाज

हाम्रो असल छिमेकी नेपालद्धारा शैक्षिक सामाग्री वितरण

वि.सं २०७४ साल माघ २७ गते स्थापना भएको यस संस्थाले समाजमा रहेका असक्त व्यत्तिहरुको सहयोग, विभिन्न सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

मदन शर्मा
बुटवल : हाम्रो असल छिमेकी नेपालले आफ्नो स्थापनाकालको २ वर्ष पुरा भएको अवसर पारेर बुटवल ११ बुद्धनगरमा शैक्षिक सामाग्री वितरण गरेको छ । विद्यार्थीको मानसिक वृद्धिमा सहयोग पुर्याउने, सामाजीक विकृतीबाट टाढा रहन र शिक्षालाई निरन्तर अगाडि बढाउन प्रेरित गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा बुद्धनगर स्थित सहिद स्मृति प्राथमिक विद्यालयमा अध्यनरत कक्षा १ देखि ५ सम्मका १ सय ५० जना विद्यार्थीलाई ६ सय थान कापी, २ सय सेट पेन, पेन्सील, कटर, ईरेजर र ५ थान डस्टवीन उपलब्ध गराएको हो ।

बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री र संस्थाका स्ंस्थापक अध्यक्ष शंकर खनालले सो शैक्षीक सामाग्री विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीलाई हस्तान्त्रण गर्नुभएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्ष क्षेत्रीले युवाहरुको सृजनात्मक शक्तिलाई सहि तवरबाट सदुपयोग गर्दै संस्थाले शैक्षीक क्षेत्रमा गरेको काम प्रशंसनीय भएको बताउनुभयो । आफ्नो पकेट खर्चबाट जोगाएको र अन्य स्रोत मार्फत जम्मा भएको आर्थीक रकमले समाजमा गरेका यस्ता कार्यले समाज सुधारमा महत्वपूर्ण भसमिका निर्वाह गर्ने उहाँको भनाई थियो ।

उहाँले संस्थाले गरेको सहयोगले विद्यार्थीलाई शिक्षाको उज्यालोतर्फ प्रेरित गर्नेहुँदा निरन्तर यस्ता कार्यमा अगाडि बढ्न सुझाउनुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक सोमनाथ पुरीले संस्थाले विद्यालय तथा विद्यार्थीलाई गरेको सहयोगको लागि आभार प्रकट गर्नुभयो ।

बुटवल ६ मा रहेको भण्डारी प्लाष्टिक हाउस, दिप एजुकेसन, ग्लोबल टिच एजुकेसन कन्सलटेन्सी र मिलनचोकमा रहेको सियोर जव लिङ्क एण्ड ड्राईभिङ्ग ईन्स्टीच्युटको सहयोगमा भएको सो कार्यक्रममा वडा नं ११ का प्रतिनीधी, स्थानीय टोल विकास समिती तथा अन्य संघ संस्थाका प्रतिनीधीहरुले आआफ्ना भनाई राख्नुभएको थियो ।

कार्यक्रम संस्थाका कार्यकारी अध्यक्ष सुमन पोख्रेलको अध्यक्षता तथा संस्थाका उपाध्यक्ष राजु खत्रीको स्वागत मन्तव्य र सचीव नारायण पोखरेलको संचालनमा संम्पन्न भएको थियो ।

वि.सं २०७४ साल माघ २७ गते स्थापना भएको यस संस्थाले समाजमा रहेका असक्त व्यत्तिहरुको सहयोग, विभिन्न सरसफाई तथा जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button