प्रदेश १

जाँते पथरी सडकखण्डमा बस दुर्घटना हुदा १८जना घाइते

मोरङ/पथरी : पथरीबजार नजिकै जाँते पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुदा १८ जना घाइते भएका छन् ।

अहिले साझ ५:३०बजे को समयमा जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउदै गरेको को१ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिब्र गतिका कारण बिपरित दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ ।
बस तिब्र गतिमा रहेको र कन्ट्रोल गर्न नसकेपछि दुर्घटना भएको प्रत्यक्षदर्सीले बताएको इलाका प्रहरी कार्यलय पथरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सबैको अबस्था सामान्य रहेको र उनीहरुलाई पथरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ बस चालक लेटाङ ९बस्ने २१ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिएको पथरी प्रहरीले जानकारी दिएको छ ।
झापा देखि सहकर्मी बिबेक गाहा

Facebook Comments
थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button