राजनीति

क्यानडाका सभामुखले नेपालका सभामुख सापकोटालाई नभेट्ने भएपछि खैलाबैला

नेपाल भ्रमणमा रहेका क्यानडाकाे उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटासँग भेटवार्ता नगर्ने भएका छन्।

दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आएका जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्‍याे। लगत्तै साे प्रतिनिधिमण्डले राष्ट्रियसभा बैठकको अवलोकन गरेको थियो।

सभामुख फ्युरी नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेट्ने कार्यतालिका छ। तर उनले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई भेट्ने तालिका नभएपछि यसबारे सर्वत्र चासो उत्पन्न भएको छ।

सभामुख सापकोटासँग भेट गर्ने कार्यक्रम नराखिएको बारेमा विभिन्न टिकाटिप्पणी भइरहँदा राष्ट्रियसभा सचिवालयले भने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणमा आएकाले सापकोटासँग भेट नहुने स्पष्ट पारेको छ।

संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले भ्रमण कार्यक्रम तय हुँदाको बखत सभामुख पद रिक्त रहेको र अध्यक्षको औपचारिक निमन्त्रणामा आएको हुनाले सभामुख जे फ्युरीले प्रतिनिधिसभाका सभामुख सापकोटासँग नभेट्ने स्पष्ट पारे।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button