विश्व

दिल्ली विधानसभा चुनाव: आम आदमी पार्टिको शानदार जीत

बिजय ज्ञवाली

काठमाण्डौ// दिल्ली बिधानसभा निर्वाचनमा आम आदमी पार्टि दूईतिहाईसहित भारी मतले बिजयी भएको छ। जम्मा ७० सिटको लागि भएको निर्वाचनमा आम आदमी पार्टिले ६३ सिटमा बिजयी हासिल गरेको छ भने भारतिय जनता पार्टि भाजपा ७ सिटमा खुम्चिएको छ। भारतको इतिहासमा सबैभन्दा पुरानो र संस्थापक लोकतान्त्रिक पार्टि मानिने कांग्रेस दिल्ली बिधानसभा निर्वाचनमा नराम्रोसंग बढारिएको छ। कूल ७० सिटमध्ये एक सिट पनि कांग्रेसले जित्न सकेको छैन। समग्रमा दिल्ली बिधानसभा निर्वाचनमा आम आदमी पार्टिले स्पष्ट दूईतिहाई मत प्राप्त गरेको छ भने भाजपा ७ सिटसहित प्रतिपक्षमा बस्ने सुनिश्चित भएको छ भने कांग्रेसलगायत अन्य दलको नामोनिशान नै मेटिएको छ।

आम आदमी पार्टिले गुमाएको सिट

कूल ७० सिटका लागि मतदान भएको दिल्ली बिधानसभा निर्वाचनमा आम आदमी पार्टिले भने यसपाली ५ सिट गुमाऊनुपरेको छ भने भाजपाले थप ५ सिट बढाऊन सफल भएको छ। लगातार तीन शाषनकाल राज गरेकी दिवंगत पूर्वमूख्यमनन्त्री शिला दिक्षितपछि दिल्ली विधानसभामा लगातार नेतृत्व गर्नेमा आम आदमी पार्टिका अध्यक्ष अरविन्द केजरीवाल रहनेछन। आप पार्टिको यो विजयसंगै दिल्ली बिधानसभामा भारतिय जनता पार्टी भाजपा निरन्तर २२ बर्षदेखी दिल्लीमा पराजित हुँदै आयो भने कांग्रेस ७ बर्षदेखी दिल्ली बिधानसभामा पराजित हुँदैआएको छ। आम आदमी पार्टिको विजयसंगै अब दिल्लीमा केजरीवालले अबको ५ बर्ष दिल्लीको मूख्यमन्त्री पद सम्हाल्नेछन भने शिला दिक्षितपछि अरविन्द केजरीवालले नै लगातार ३ पटकसम्म दिल्लीको मूख्यमन्त्री हुने सौभाग्य प्राप्त गर्नेछन।

७० सिटमा भएको दिल्ली विधानसभा निर्वाचनमा कूल ६२.५९ प्रतिशत मत खसेको भारतिय निर्वाचन आयोगले जानकारी दिएको छ। जम्माजम्मी खसेको मतमध्येबाट आम आदमी पार्टि (आप)ले स्पष्ट बहुमतसहित तेस्रोपटक दिल्लीको कमाण्ड सम्हाल्दैछ।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

यो पनि हेर्नुहोस्

Close
Back to top button