मुख्य समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा ठाकुर ज्ञवाली

नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त भएका छन्। मन्त्रिपरिषदको आज बसेको बैठकले ज्ञवालीलाई प्रहरीको २७ औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो। आईजीपीको दौडमा डीआईजी तारिणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्याय थिए। उनीहरुलाई ज्ञवालीले पछि पारेका हुन्।

उनी प्रदेश नम्वर १ को प्रहरी प्रमुख रहेका थिए। वर्तमान आइजीपी सर्वेन्द्र खनालले ३० वर्षे सेवा अवधिका कारण मंगलबार अवकास पाएका छन्।

आईजीपी खनालसँगै एआईजीहरु पुष्कर कार्की, ठूले राई र धिरु बस्न्यातले पनि अवकास पाएका छन्।

३० वर्षे सेवा अवधिका कारण ज्ञवालीले ५ महिना प्रहरीको नेतृत्व सम्हाल्ने छन्। उनी २०४७ मा सेवा प्रवेश गरेका थिए।

थप देखाउनुहोस्

सम्बन्धित लेखहरू

Back to top button